गायिका अम्बिका भण्डारीको नयाँ तीजगीत उही वनपाखामाको भिडियो सार्वजनिक भएको छ ।
नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिले निर्माण गरेको तीजगीत उही वनपाखामाको म्युजिक भिडियो नमस्ते पोखरा युट्युब च्यानलबाट गत बिहीबार साउन १ गते सार्वजनिक भएको हो ।
गायिका भण्डारीकै शब्द, लय र स्वर रहेको उक्त गीतको एरेन्ज जुजु गुरुङले निर्माण गरेका हुन् । करुणा भण्डारी, सरिता सुवेदी, ज्योति सुवेदी लगायतको नृत्य रहेको छ ।
उक्त म्युजिक भिडियोका निर्माता गोपाल भण्डारी छन्। म्युजिक भिडियोमा प्रमिला तुलाचन, बुद्धिसागर खनाल, विमल अधिकारी, भावना पन्त, उर्मिला पौडेल, कमल भण्डारी लगायतले अभिनय गरेका छन् ।
यस अघि अम्बिकाका संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर जस्ता तीजगीत बजारमा आएका छन् ।
उनका मुक्तक र काव्यका ४ कृति पनि प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया