अमेरिकाको टेक्सस राज्यमा नेपाली युवा मृत अवस्थामा फेला(सम्झनामा : पारस खड्काले गाएको गीत भिडियो सहित)
उनि गायनमा पनि रुचि राख्ने र एउटा गीत गाएका रहेछन ।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…
कोरोनाको महामारीको चपेटामा परेको अमेरिकामा दुखद समाचार आउदै गर्दा अमेरिकाको टेक्सस राज्यमा नेपाली युवाको दुखद निधन भएको खबर छ । रुकुमका पारस खड्का नाम गरेका युवा टेक्सस राज्यको अस्टिन शहरको सेरोफेरोमा रहेको सेन्ट्रल टेक्ससमा उनि बसोबास गर्थे ।
गत राती आफ्नै आवासगृहमा उनि मृत अवस्थामा फेला परेका थिए । उनको आकस्मिक र अपत्यारिलो समाचार बाहिर आए पछि सामाजिक संजाल मार्फत समबेदना दिनेको ओइरो लागेको छ ।
उनि नेपाली जनसम्पर्क समिति अमेरिकाको शाखा सेन्ट्रल टेक्सासका संयोजक समेत रहेको नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा उनका साथीभाईहरुले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनले आफ्नै घाटीमा भ्याकुम क्लीनर(निर्वातशोदक)को तारले बेरेको अवस्थामा मृत अवस्थामा भेटिएका थिए भनि नेपाली अङ्किय पत्रपत्रिकाहरुले समाचारहरु प्रकाशित गरेका छन् ।
अबिबाहित र बिबिधता चिट्ठा(डिभी लोटरी) परेर २०१३ मा अमेरिका आएका थिए । उनको दुखद निधन भए पछि उनि गीत गाउन रहर गर्ने गरेको सामाजिक संजाल मार्फत गीतकार बसन्त आचार्यले उल्लेख गरेका छन् । आचार्यका अनुसार उनले एउटा गीत लेखे पछि गोविन्द मधुरले संगीत दिएका उल्लेख समेत गरेका छन् । गीत अभिलेखन (रेकर्ड) गर्न काठमाडौ गएको बेलामा अमेरिकाको लागि डिभी चिट्ठा भरे पछि परेकोले अमेरिका पुगेको उल्लेख गीतकार आचार्यले चर्चा गरेका छन् ।
गत बर्ष पारस नेपाल गएको बेलामा पुन गीत अभिलेख गर्न अनुरोध गरेता पनि उक्त समय जुराउन नसकेको भनि आचार्यले सामाजिक संजालमा उक्त कुरा लेखेका छन् ।
आचार्यका अनुसार कोरोनाको महामारी सकिए पछि नेपाल आउने अनि गीत रेकर्ड गर्ने उनको धोको रहेको उनले लेखेका छन् । गीतकारले नयाँ गीतका लागि केही काम पनि गरेका थियौ , त्यो अधुरो रह्यो कुनै दुख छैन, तर भाई तिमीसंग अब कहिल्यै भेट हुदैन मनमा भक्कानो छुट्छ भनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ईनेप्लिज परिवार यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछ ।
तस्बिर :पारस खड्का फेसबुक(अनुहार किताव)
पारस खड्काले गाएको गीतको भिडियो :
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया