बिहीबार, साउन २२ २०७७
काठमाडौं १३:११
वासिङटन डिसी 03:26

भर्जिनियाको कारागारबाट सुरक्षाकर्मीलाई डोरीले घाटी न्याकेर दोषी ठहरिएका हत्यारा फरार

इनेप्लिज २०७७ असार २९ गते २२:५५ मा प्रकाशित

भर्जिनियाको कारागारबाट सुरक्षाकर्मीलाई डोरीले घाटी न्याकेर बेहोस पारेर दोषी ठहरिएका हत्यारा फरार भएका छन् । उनीहरुको व्यापक खोजी भै रहेको प्रहरीले जानकारी दिएका छन् ।

भर्जिनिया राज्य प्रहरीका अनुसार दुई जना कैदी बोन एयर जुभेनल सुधार केन्द्र बाट भागेका जनाएका छन । जुलाई १३ सोमबार बिहान उनीहरु भागेका हुन् । उनीहरु सुरक्षाको लागि बसेका सुरक्षा कर्मीलाई डोरीले घाटीमा थिची बेहोस बनाए पछि लउनीहरु भएका हुन ।

भर्जिनिया राज्यको स्पोटसिलभेनियाका २० बर्षिय जबर ए टेलर जसलाई दुई वटा अभियोग सहित दोश्रो श्रेणीको हत्याको आरोप लागेको छ । त्यस्तै गरि अर्का कैदी १८ बर्षिय रशद ई विलियम्स वाशिंगटन डिसी का हुन् उनलाई द्वेषपूर्ण चोटपटक र डकैत गरेको आरोप लागेको छ ।

उनीहरूलाई बोन एयर जुवेनाइलमा २१ औं जन्मदिनसम्म उक्त कारागारमा राख्ने आदेश दिइएको थियो । डोरीले सुरक्षाकर्मीलाई बेहोस बनाए पछि उनको चाबी लिएर बाहिर आएका थिए ।

उनीहरु दुलोबात भागी घेरा लगाईको बारलाई काटेका थिए । उनीहरु त्यहा बाट निस्के पछि सवारी साधनमा चढेका थिए । यस्तो लाग्दथ्यो कि कोही उनीहरुको लागि प्रतिक्षा गरे झैँ देखिन्थ्यो ।

सुरक्षाकर्मीलाई अस्पताल लागि उपचार गरिएको छ र उनि रिहा भएका छन् ।

श्रोत : डब्लुटिभिआर डटकम ,तस्बिर कृतज्ञता : बोन एयर जुभेनल सुधार केन्द्र

प्रतिक्रिया