बुधबार, साउन २८ २०७७
काठमाडौं १८:४१
वासिङटन डिसी 08:56

एल्भिस प्रेस्लीका नाती बेन्जामिन केअफको २७ बर्षमा निधन

इनेप्लिज २०७७ असार २९ गते ११:१५ मा प्रकाशित

अमेरिकी गायक एल्भिस प्रेस्लीका नाती बेन्जामिन केअफको २७ बर्षमा निधन भएको जानकारी उनकी आमा लिसा मारिया प्रेस्लीले दिएकी छिन् । उनको निधन क्यालिफोर्नियाको क्यालाबाससमा भएको हो ।

उनको मृत्यु सम्बन्धि बिस्तृत कुनै पनि जानकारी नआएको सिएनएनले लेखेको छ । प्रतिनिधिले दिएको जानकारी अनुसार प्रेस्ली परिवार पुरै शोकमा डुबेको र अत्यन्तै पिडामा परेको बताएका छन ।

स्वर्गीय बेन्जामिनका ११ बर्षिय जुम्ल्याहा छोरी र जेठी छोरी रिले धैर्यतापूर्वक आफूलाई नियन्त्रण गर्दै बलियो हुने कोशिश गरि रहेको सिएनएनले जनाएको छ ।

बेन्जामिन केअफका पिता ड्यानी केअफ संगीतकार थिए ।

तर अमेरिकाको टिएमजे ले श्रोतका अनुसार भन्दै उनले गोली हानि आफै आत्महत्या गरेका हुन् भनि समाचार लेखेको छ ।

प्रतिक्रिया