आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:३६
वासिङटन डिसी 22:51

नौसेनाको जहाजमा आगो लागि बिस्फोटन हुँदा १७ जना नौसेना र ४ सर्वसाधारण घाइते

इनेप्लिज २०७७ असार २८ गते २२:१४ मा प्रकाशित

क्यालिफोर्नियाको सान डिएगोको नौसेना जहाजमा आगो लागि बिस्फोटन हुँदा १७ जलसैनिक र ४ सर्वसाधारण घाइते भएका छन् ।

सान डिएगो स्थित नौसेना आधारशिविरमा उक्त घटना भएको अधिकारीहरुले जनाएका छन् । र आगोको मुस्लो र धुवा फैलिएको प्रत्यक्ष प्रसारण विभिन्न संचार माध्यमहरुले देखाएका थिए । अस्पतालमा पुगेकालाई उपचार गरिएको छ भने सबै जना खतरामुक्त रहेका छन् ।

आगो निभाउन अनेक अग्नि नियन्त्रण टोली पुगि उद्धारमा खटिएका छन् ।

अहिले सम्म कसरी आगो लाग्यो भन्ने स्पष्ट छैन । आगो लागेको खबर आगो नियन्त्रण क्यालिफोर्नियाको स्थानीय समय ९ बजे खबर गरेका थिए । त्यस पछि दोस्रो चेतावनी घन्टी ९:०९ बजे बिहान र तेश्रो चेतावनी घन्टी ९:५१ मिनेटमा दिइएको थियो ।

आगो लाग्दा उक्त जहाजमा करिव १ सय ६० जना नौ सैनिकहरु थिए ।

श्रोत : एबिसीन्युज/ एनबिसी/सिएनएन

प्रतिक्रिया