आइतबार, साउन २५ २०७७
काठमाडौं ०९:०२
वासिङटन डिसी 23:17

एएनएले ४ जनालाई सामाजिक हिरो (नायक)द्वारा सम्मान गर्ने

विजय थापा , २०७७ असार २८ गते १७:२९ मा प्रकाशित

डिसी । अमेरिकामा सामाजिक क्षेत्रमा राम्रो काम गरेका ४ व्यक्तिहरुलाई एएनए सामाजिक नायक(हिरो)द्वारा सम्मान गर्ने भएको छ । उक्त सम्मान डिसी क्षेत्रका ३ र न्यूयोर्कका १ जनालाई सम्मान गरिने भएको छ ।

महामारीको कारण उपयुक्त समयमा सम्मान गरिने जानकारी सामाजिक संजाल मार्फत जानकारी भएको छ ।

गत जुलाई ४ मा सामाजिक संजाल मार्फत प्राप्त जानकारी अनुसार प्रसिद्ध स्वर्ण पदक बिजेता भारत्तोलक रुप कार्की,न्यूयोर्कका रक्तदाता अर्जुन कुमार मैनाली,उपन्यासकार तथा अनेसासका संस्थापक होमनाथ सुबेदी तथा डिसी नेपाली समाजका संस्थापक अरुण रुपाखेतीलाई’ सोसल हिरो’ अर्थात् सामाजिक नायक प्रदान गरिने घोषणा गरिएको छ ।

हाल नयाँ कार्यकारी समिति बनि सकेको छ भने अध्यक्षमा खगेन्द्र अधिकारी हुनु हुन्छ । अन्तरिम अध्यक्ष मनोनित गरिएको जानकारी जुलाई ७ का दिन आधिकारिक रुपमा ईनेप्लिजलाई छापा बिज्ञप्ति मार्फत एएनए बोर्ड अफ ट्रस्टीका सभापति अम्बिका प्रसाद अधिकारीले जानकारी दिनु भएको थियो ।

४ जनालाई सम्मान गर्ने बिषयमा आधिकारिक रुपमा ईनेप्लिजलाई कुनै पनि पत्राचार नगरिएकोले सामाजिक संजाललाई नै आधार मानेका छौ । महामारीको अन्त्य पछि नयाँ कार्यकारी समितिले सम्मान गरिने मिति तय भएमा जानकारी पाउने अपेक्षा गरेका छौ ।

सम्मानित हुनेहरुमा उपन्यासकार सुबेदीले हाल सम्म ४५ वटा पुस्तक लेखेका छन् ।

यसै गरि अमेरिकामा बस्दै आएका नेपाली मूलका अन्तर्राष्ट्रिय स्वर्ण पदक भारत्तोलक रुप कार्कीले बर्ष २०१९ मा मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक बिजयी हुन ।

सम्मानित हुनेहरुमा अरुण रुपाखेती पनि एक हुन् । धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले जनै पूर्णिमा,रक्षा बन्धन ,दशैमा जमरा वितरण र क्वाटि खुवाउने काम स्थापना काल देखि गर्दै आएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र बनाउनु पर्छ भन्ने मध्ये कै रुपाखेती एक हुन् ।

अर्का सम्मानित हुने व्यक्ति न्यूयोर्कका रक्तदाता अर्जुन कुमार मैनाली हुन । हाल सम्म उनले १७९ पटक रगतदान दिएका छन् भने रगत दान गर्न बिश्व का विभिन्न राष्ट्रमा पुग्दछन ।

गत जुलाई ५ मा एएनएको बार्षिक साधारण सभाको बैठक बसेको थियो । ट्रस्टीले कार्यकारी समिति कै सेवामुक्त(आउट गोइङ्ग )वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीलाई अन्तरिम अध्यक्ष डिसेम्बर ३१,२०२० सम्मको लागि नियुक्त गरेको थियो ।

प्रतिक्रिया