आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:०१
वासिङटन डिसी 22:16

भर्जिनियाका एक प्रहरी सहायकले आफूलाई आक्रमण भयो भनि मिथ्या कहानी बनाउदा फन्दामा

इनेप्लिज २०७७ असार २८ गते ११:२१ मा प्रकाशित

भनिन्छ ‘असत्य कहिल्यै टिक्दैन र सत्य कहिल्यै डक्दैन । यस्तै अमेरिकाको भर्जिनिया राज्यमा एक प्रहरी सहायकले यस्तै बनावटी कथा बनाउदा फन्दामा परेका छन् । भर्जिनियाको फकियर काउन्टीका प्रहरी सहायकले आफूलाई आक्रमण भयो भनि झुटो/मिथ्या कहानी बनाउदा पक्राउमा परेका हुन् ।

उनि गत शुक्रबार राती जुलाई १० का दिन वारेनटनको एक सडकमा कथित आक्रमण भएको भनि बेहोस अवस्थामा फेला परेका थिए । उनले गलत झुटो बयान दिए पछि अभियोग लगाईएको छ । भर्जिनिया मार्शलका प्रहरी सहायक जेक प्रेस्टन डूलीले कसैले उनलाई टाउकोमा आक्रमण गरेको र कालो गाडीमा आएकाले कुनै वस्तुले हानेको बताएका थिए ।

उनि बेहोस अवस्थामा घोप्टो परेको देखे पछि कसैले ९११ मा खबर गरेका थिए । जासुसहरुले अनुसन्धान गरे पछि उनले आफ्नै कहानी बनाएर आक्रमण गरेको जनाएका छन् । फकियर काउन्टीका प्रवक्ता जेम्स हार्टम्यानले उनलाई आकस्मिक कक्षबाट रिहाई गरिएको जनाएका छन् ।

उनि उमाथि न्याय अवरोध गर्ने र कानून प्रवर्तनलाई गलत ढंगले बोलाएको अभियोग लगाइएको छ । डुलीलाई १०,००० डलर गैर जमानती बन्धनमा रिहा गरिएको छ ।

उनलाई मानसिक स्वास्थ्य मुल्यांकनको लागि क्षेत्रीय सुविधा केन्द्रमा लागिएको प्रहरीले जनाएका छन् ।

तस्बिर : फकियर काउन्टी प्रहरी ,डब्लुटिओपी

प्रतिक्रिया