आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:३३
वासिङटन डिसी 22:48

भर्जिनियाकी अस्वेत महिला ईतिहास रच्दै नौसेनामा बनिन प्रथम युद्धकौशलिय वायुयान चालक

इनेप्लिज २०७७ असार २८ गते १०:४९ मा प्रकाशित

भर्जिनियाकी अस्वेत महिलाले ईतिहास रच्दै अमेरिकी नौसेनामा प्रथम युद्धकौशलिय वायुयान चालक बन्ने सुवर्ण अवसर प्राप्त गरेकी छिन । र ,उनलाई नौसेनाले भब्य स्वागत गरेको छ ।

युएस नौसेनाले सामाजिक संजालमा गत बिहिबार जुलाई ९ का दिन म्याडेलिन स्वेगले नामक अस्वेत महिलाले नौसैनिक उडान बिद्यालय सफलतापूर्वक सकेकी छिन् भनि सार्वजनिक गरेको छ । यो महिना पछि उनले उडान अधिकारीको बिल्ला पाउने छिन । जसलाई नौसेनामा ‘विङ्ग्स अफ गोल्ड’ भनिन्छ ।

नौसैनिक वायुयान प्रशिक्षकले स्वेगले नौसेनामा प्रथम ज्ञात ट्याकएयर पाईलोट(युद्धकौशलिय वायुयान चालक)भने सार्वजनिक गरेका छन् । ईतिहास रच्ने उक्त महिला भर्जिनिया वर्क शहरकि हुन् भने उनले युएस नौसेना प्रतिष्ठान सन् २०१७ मा उत्रिण गरेकी थिइन।

उनले टेक्ससको किंग्सभिल स्थित रेडहक्सको अलागी नियुक्त गरिएको हो । स्वेगले ४५ बर्ष पछि सन् १९७४ मा रोजमेरी मारीनर नामक महिला जसले प्रथम युद्धकौशलिय लडाकु बिमान उडाएकी थिइन ।

श्रोत :एपी/डब्लुटिओपी
.

प्रतिक्रिया