आइतबार, साउन २५ २०७७
काठमाडौं ०७:४९
वासिङटन डिसी 22:04

भर्जिनिया फेयरफ्याक्सका पूर्व प्रहरीको विस्कनसिनमा हत्या

इनेप्लिज २०७७ असार २७ गते १:४४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया फेयरफ्याक्स काउन्टीका पूर्व प्रहरीको विस्कनसिनमा हत्या भएको छ । विस्कन्सिनमा घृणा अपराधको आरोपमा उनको हत्या गरिएको प्रहरीले जनाएका छन । गत जुलाई ३ का दिन ५५ बर्षिय फिलिप ए थिसेन आफ्नो दुई पाङ्ग्रे भटभटेमा विस्कनसिनको फोंड डु ल्याक काउन्टीमा कुदाई रहेको अवस्थामा उनलाई भारबाहक(ट्रक)गाडीले ठक्कर दिदा उनको मृत्यु भएको थियो ।

उक्त भारबाहक चालकले जानी जानी ठोक्याएको प्रहरीले जनाएका छन् । उक्त चालकले हार्ले नामक मोटरसाईकल(भटभटे)चलाउने मानिसहरु स्वेत जातिवादी हुन्छन भन्ने विश्वास गरेको प्रहरीले बताएका छन । प्रहरीलाई आफ्नो गाडीले हिर्काउने चालक २७ बर्ष डेनिएल नाभारोलाई प्रथम श्रेणीको हत्या ,घृणित अपराध ,खतरापूर्ण हतियार र लापरवाहीरुपमा गाडी हाकेको आरोप लगाईएको छ ।

उनलाई १० लाख डलरको बन्धनमा राखिएको छ । मृतक प्रहरी भर्जिनियाको फेयरफ्याक्स काउन्टी प्रहरीमा सन् १९९० देखि २०१६ सम्म काम गरेका थिए । त्यस पछि पनि फिलिप विस्कनसिन न्याय बिभाग अन्तर्गत बालबालिका अन्तर्जाल अपराध ईकाईमा काम गरेका थिए ।

उनि त्यस पछि अवकास जीवनमा प्रवेश गर्दै विस्कनसिनको फोंड डु ल्याक बसोबास गर्दै आएका थिए ।

श्रोत :एबिसी७/ फक्सन्युज ,तस्बिर सौजन्य :फेयरफ्याक्स काउन्टी प्रहरी बिभाग

प्रतिक्रिया