आइतबार, साउन २५ २०७७
काठमाडौं ०९:०५
वासिङटन डिसी 23:20

अमेरिकाका नेपालीहरुको लगानी रहेको काठमाण्डौको ग्रीन सिटी अस्पताललाई बिरामी ठगेको आरोप

इनेप्लिज २०७७ असार २६ गते २२:३० मा प्रकाशित

अमेरिकाका नेपालीहरुको लगानी रहेको काठमाण्डौको ग्रीन सिटी अस्पतालले बिरामी ठगेको आरोपमा विवादमा तानिएको छ । भिडियो बाहिर आए पछि र उक्त अस्पतालका संचालक एल बि टन्डनले सकारात्मक प्रतिक्रिया दिएता पनि पछि आएर पिडितलाई जिम्मेबार नलिने जस्ता गैर जिम्मेबारी कुरा गरे पछि विवाद चर्किएको छ ।

हेटौडाका देव लामा उक्त अस्पतालको फन्दामा परि ठूलो आर्थिक क्षति गुमाएका मात्र नभई उनि कोमामा पुगेका छन् । पिडितकि पत्नी मिरा जोशी लामाले भिडियोमा पिडितकि पत्नीले आफू ठगीमा परेको जनाएकी छिन । उक्त अस्पतालले बिरामी ठगेको, एम्बुलेन्स चालकलाई घुस दिएर बिरामीलाई जबर्जस्ती ग्रीन सिटि अस्पतालमा ल्याउने गरेको आरोप लागेको छ ।

उक्त अस्पतालले ठूलो रकम असुली बिरामीलाई मृत्यु सम्म पुर्याएको, सुत्केरीको बच्चा पैसाको लागि आमाबाट छुट्टयाएर राखेको जस्ता धेरै आरोपहरु भिडियोमा छताछुल्ल भएका छन्।

पीडितका सहयोगीहरुले यो कुरालाई सतह बाहिर ल्याएका छन् । यो अस्पतालमा एनआरएनए अमेरिकाका भूतपूर्व अध्यक्ष चिकित्सक केशब पौडेलको लगानी रहेको बुझिएको छ । अमेरिकाबाट लगानी गरेका व्यक्तिहरुले हाल सम्म करिव ४ बर्ष पुरा हुँदा पनि उक्त अस्पतालबाट कुनै पनि रकम पाएका छैनन् भने केहीले लगानी झिकेको बुझिएको छ ।

अमेरिकाका केहि लगानीकर्तालाई जग्गा किन्ने प्रकरणमा फसाई थोरै मुल्यको जग्गालाई नगदमा कारोवार गरि धेरैमा किनेको देखाई अमेरिकाका लगानीकर्ताबाट लाभ लिएको कुरा पहिल्यै संचार माध्यमहरुमा आइसकेका थिए।

एनआरएनएले बैदेशिक लगानी भित्र्याउने, सामुहिक लगानी गर्ने, दोहोरो नागरिकता दिलाउने, दोहोरो कर हटाउने जस्ता मिठा नारा दिदै गर्दा यसै संस्थाको नेतृत्वमै बस्नेले बिदेशमा दुख गरि कमाएको धन ठगि गरि अस्पताल जस्तो संबेदनशील सामुदायिक सेवा प्रदान गरिने ठाउँबाटै सर्बसाधारणको स्वास्थ्यमा हेल चेक्राई गरिनुले निजि अस्पताल, बैदेशिक लगानी तथा एनआरएनए नेतृत्वमै ठूलो प्रश्न चिन्ह खडा भएको छ।

भिडियो हेर्न बिस्तृत जान्न यहाँ थिच्नु होला :

एउटै विरामीबाट ४० लाख रुपैयाँ लुट्ने ग्रिन सिटी अस्पताललाई लुटेराको संज्ञा दिँदा फरक नपर्ला । हेर्नुहोस र सेयर गरी संवन्धीत निकायको ध्यानाकर्षण गराऔँ ।#samayachakra_with_bikramshrestha

Posted by Journalist Bikram Shrestha Supporter on Wednesday, 8 July 2020

प्रतिक्रिया