आइतबार, साउन २५ २०७७
काठमाडौं ०९:०२
वासिङटन डिसी 23:17

टेक्ससमा २ जना प्रहरीमाथि बन्दुकधारीद्वारा गोली प्रहार

इनेप्लिज २०७७ असार २६ गते ११:०७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा २ जना प्रहरीमाथि बन्दुकधारीले गोली प्रहार गरेको प्रहरीले जनाएका छन् । उक्त संदिग्ध बन्दुकधारीले दुई जनालाई गोली प्रहार गरे पछि अर्को तेश्रो प्रहरीलाई पनि गोली प्रहार गर्छु भनि धम्की दिएका थिए ।

गत बिहिबार जुलाई ९ का दिन पार्कर काउन्टी स्थित एक घरमा रातीको समय रेनो प्रहरी प्रमुख टोनी सिमन्सले एक वक्तव्य मार्फत जनाएका छन् । रेनो टेक्सस राज्यको एक शहर हो ,जुन फोर्टवोर्थ देखि २२ माइल उत्तरपश्चिममा रहेको छ ।

गोली लागे पछि प्रहरीलाई ड्यालस स्थित फोर्ट वोर्थ अस्पतालमा उपचारको लागी लागिएको छ । दुवै प्रहरी जोखिम मुक्त रहेका छन् । रेनोका प्रहरीलाई महिलाले आफ्नो छोरा संग बन्दुक भएको जानकारी दिदै धम्कि दिएको प्रहरीलाई बताएकी थिइन् ।

श्रोत :एपी/एबिसी

प्रतिक्रिया