धेरैपछि म्युजिक भिडियोमा यसरी नाचिन् सोनिका रोकोया (भिडियो)

इनेप्लिज २०७७ असार २५ गते २१:३२ मा प्रकाशित

काठमाडौं— प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् ।

‘बदमास‘.’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सा“झ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् ।

गीतमा पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् ।गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।

दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् ।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोमालाई विष्णु खड्काले समदन गरेका छन् ।यो भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

यस्तो छ भिडियो

प्रतिक्रिया