बुधबार, साउन २८ २०७७
काठमाडौं १८:०३
वासिङटन डिसी 08:18

विद्यार्थी भिसा मा रही अध्ययन गरिरहेका नेपाली विद्यार्थी माथि पर्न सक्ने सम्भावित असर

इनेप्लिज २०७७ असार २५ गते १०:१७ मा प्रकाशित

 

अमेरिकी सरकारले कोभिड -१९ (COVID -19) बाट उत्पन्न महामारीको कारण गैर-आप्रवासी विद्यार्थीहरूको लागि अनलाइन कक्षा मार्फत आफ्नो स्ट्याटस कायमै राख्न मिल्ने गरी दिइँदै आएको अस्थायी छुटमा हालै संशोधन गरी आगामी सत्र २०२० देखि नै लागु हुने गरी त्यस्तो छुट अन्त्य गरिएको घोषणा बाट विद्यार्थी भिसा मा रही अध्ययन गरिरहेका नेपाली विद्यार्थी माथि पर्न सक्ने सम्भावित असर सम्बन्धमा गैर-आवासीय नेपाली संघ अमेरिका चिन्तित छ। एफ -१ गैर-आप्रवासी विद्यार्थीहरू शैक्षिक पाठ्यक्रम र एम -१ गैर-आप्रवासी विद्यार्थीहरू संयुक्त राज्य अमेरिकामा व्यावसायिक कोर्सवर्कको अध्ययनको क्रममा आउँछन् ।

अहिलेको यो परिबर्तनले बर्से सत्र २०२० देखि – (१) विद्यार्थी भिसामा भएका विद्यार्थीहरुले पुरै रूपमा अनलाइनमा कोर्स लिन पाउने छैनन्; (२) कलेज उपस्थित भएर पढ्ने व्यवस्था भएका कलेज हरुमा पढ्ने यस्ता विद्यार्थीहरुले एउटा कोर्स बढीमा ३ सेमेस्टर घण्टा सम्म मात्र अनलाइन बाट पढ्न पाउने छन् ; (३) कलेज र अनलाइन दुवै माध्यम बाट पढ्ने व्यवस्था भएको अवस्था मा यस्ता विद्यार्थी ले जम्मा ३ सेमेस्टर नबढ्ने गरी एक भन्दा बढी कोर्स लिन पाउने छन्।

विश्व विद्यालय तथा कलेजहरूले अनलाइन माध्यमबाट मात्रै अध्यापन गराउने अवस्था रहेमा वा अमेरिकामा अध्ययनरत एफ वन (F-१ ) र एम वन (M -1) स्ट्याटसमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अनलाइनबाट मात्र अध्ययन गर्न चाहेको खण्डमा आफ्नो अध्ययनलाई निरन्तरता दिन नसक्ने कुरा युएस इमाइग्रेशन तथा कस्टम इनफोर्समेन्ट(ICE) को पछिल्लो निर्णयका कारण अमेरिकामा अध्ययनरत एफ-१ स्ट्याटस (F -1 ) मा रहेका नेपाली विद्यार्थी लाई पर्न जाने समस्यालाई लिएर गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति, अमेरिका संवेदनशील बनेको छ ।

कोभिड १९ को कारण विभिन्न विश्व विद्यालय तथा कलेजहरूले समेत अनलाइन कक्षामा जोड दिइ रहेको यो अबस्थामा आइ सी ई (ICE) को पछिल्लो निर्णयले आम विद्यार्थी वर्गलाई शंसकित बनाएको छ । यो निर्णयले अमेरिकामा अध्ययनका लागि आउने सबै विद्यार्थीलाई असर गर्ने भएकाले यसबारे आगामी दिनमा आवाजहरू उठ्दै जानेछन र समस्या समाधान हुनेछ भन्ने अपेक्षा सङ्घको रहेको छ । अमेरिकामा अध्ययनरत एफ-१ स्ट्याटसमा रहेका नेपाली विद्यार्थीहरुलाई हताश नबनी संबन्धित बिषयका विज्ञ व्यक्तित्वहरूसँग सम्पर्क राख्नुहुन पनि हामी अनुरोध गर्दछौँ । एन आर एन ए, अमेरिका अमेरिकामा रहनुभएको आम नेपाली विद्यार्थीहरूका साथमा रहेको जानकारी गराउँदै कुनै पनि जिज्ञासा भए सङ्घको स्टुडेन्ड टास्क फोर्स वा सिधै च्याप्टर समिति र केन्द्रीय समितिमा सम्पर्क राख्न पनि हामी अनुरोध गर्दछौँ ।

कोभिड–१९ को असरको कारण विद्यार्थीलाई परेको अप्ठ्यारालाई लिएर हामीले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र विभिन्न विश्व विद्यालयहरूमा पत्राचार समेत गरिसकेका छौं । यस समस्यालाई एन आर एन ए, अमेरिकाले समाधानका लागी के गर्न सक्छ भन्ने सम्बन्धमा संबन्धित बिषयका विज्ञहरू सँग परामर्स गरी सम्बन्धित निकायमा अनुरोध गर्ने छ । अमेरिकाको अर्थतन्त्रमा नै महत्त्वपूर्ण भूमिका निभाइरहेको अध्ययनका लागि आउने आम अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई नै असर पुग्ने आई सी ई को पछिल्लो निर्णय बारे साझा बहस प्रारम्भ भएको देखिएको छ । त्यसैले आम नेपाली विद्यार्थीहरूलाई धैर्य गरी हाललाई आफ्नो स्ट्याटसमा असर पुग्न नदिनका लागि सजग बन्न पनि हामी हार्दिक आग्रह गर्दछौँ ।

भवदीय,

पशुपति पाण्डे
महासचिव
गैर-आवासीय नेपाली संघ, अमेरिका ।

प्रतिक्रिया