बुधबार, साउन २८ २०७७
काठमाडौं १८:११
वासिङटन डिसी 08:26

मेरिल्याण्डको मेलामा सांघातिक हमलाबाट मानिसको निधन भए पछि दुई किशोरलाई अभियोग सहित पक्राउ

इनेप्लिज २०७७ असार २४ गते २२:३३ मा प्रकाशित

मेरिल्याण्डको फ्रेडेरिकमा मेलामा सांघातिक हमलाबाट मानिसको निधन पछि गर्ने दुई किशोरहरुलाई अभियोग सहित पक्राउ गरिएको छ । उनीहरुले गत बर्ष २०१९ मा फ्रेडेरिक काउन्टीमा भएको मेलामा ५९ बर्षिय मानिसलाई सांघातिक हमला गर्दा उनको मृत्यु भएको थियो ।

किशोरहरुले पैसा माग्दा नदिए पछि आक्रमण गरेका थिए । यसै सिलसिलामा १६ बर्षिय युवकलाई दोश्रो श्रेणीको आक्रमण र १५ बर्षिय युवकलाई गत अप्रिल महिला मै आक्रमण र मानिसको हत्या गरेकोमा दोषी ठहरिएकी थिइन ।

उक्त घटना गत बर्ष सेप्टेम्बर ३० का दिन भएको थियो । प्रहरीका अनुसार मेरिल्याण्ड कै माउन्ट एरिका ५९ बर्षिय जोन विड आफ्ना परिवार साथ मनोरंजन गरि रहेका थिए । उक्त समयमा दुई दाजुभाई आई पैसा माग्दा नदिए पछि आक्रमण गरेका थिए । प्रहरीका अनुसार उनीहरुले जिद्धी गरि रहेका थिए ।

अनुसन्धानकर्ताका अनुसार उनलाई दुई पटक हिर्काउदा पनि टाडा गएका थिए । तर अर्का किशोरले अचानक हिर्काएका थिए । उनि तुरुन्तै बेहोस भएका थिए भने चोटका कारण अर्को दिन बाल्टिमोरमा निधन भएको थियो ।

श्रोत :एबिसी ७

प्रतिक्रिया