बुधबार, साउन २८ २०७७
काठमाडौं १८:२५
वासिङटन डिसी 08:40

केन्टकीमा भएको मोटरसाइकल दुर्घटनामा भूटनीज युवा दिल गुरुङको निधन

इनेप्लिज २०७७ असार २४ गते १७:०२ मा प्रकाशित

लुइभेल, केन्टकी । मोटरसाइकलमा सवार एक भूटानी युवाको केन्टकीको लुइभेलमा भएको सवारी दुर्घटनामा निधन भएको छ ।

भूटनिज सोसाइटी अफ केन्टकीका अनुसार ५० वर्षीय दिल गुरुङको युनिभर्सिटी अफ लुइभेलमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय गुरुङले चलाएको मोटरसाइकललाई अर्को कारले ठक्कर दिएको वताइएको छ ।

भूटानको कालिखोलामा जन्मनु भएका स्वर्गीय गुरुङले नेपालमा शरणार्थीको रुपमा वेल्डांगी शिविरको सेक्टर डी मा करिव २ दशक विताउनु भएको थियो ।

स्वर्गीय गुरुङको आजै अपरान्ह अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । भूटानी सोसाइटी अफ केन्टकीले स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया