वनमा होईन हलमा वन फँडानीको अनुगमन बेर्ना देखाउँदै वन अधिकृत र वैज्ञानिक वनका पदाधिकारीहरु , वन माफियाहरुको जिना हराम : संयोजक यादव

वीरेन्द्र रावल २०७७ असार २३ गते २२:२० मा प्रकाशित

 


वीरेन्द्र रावल,

धनगढी,असार २३÷कैलाली कञ्चनपुर लगायतका देशका विभिन्न जिल्लाहरुमा लागु भएको वैज्ञानिक वन कार्यक्रमका कारण हरियो वन क्षेत्रको चरम विनास भएको भन्ने जनगुनासो पछि सरकारले त्यसको यर्थातता बुझ्नका लागि दुई वटा समितिहरुलाई एक महिनाको समयावधी तोकेर अनुसन्धानका लागि पाएको छ ।

सरकारले गठन गरेका सार्वजनिक लेखा समिति अन्तरगत गठन गरिएको उपसमितीका संयोजक प्रदिप यादव,प्रेम बहादुर आलेमगर र मीना सुब्बा सहितको प्राविधीक टोलीले सोमबार र मंगलबार कैलाली कञ्चनपुरका विभिन्न वैज्ञानिक वन कार्यक्रम लागु गरिएका वन क्षेत्रको बारेमा अध्ययन गरेको छ ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिपनि वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको वनको फडानी र अनियमितताबारे छानबिन सुरु गर्ने दृष्टिकोणले कैलाली र कञ्चनपुर जिल्लामा सोमबार र मंगलबार अध्ययन गरेको छ।

एकै दिन कैलाली पुगेका प्राविधीक सहितका दुई वटा समितिले पूर्व र पश्चिमबाट अध्ययन शुरु गरेका छन् । सोमबार प्रदिप यादव संयोजक रहेको टोलीले कैलालीको पूर्वी क्षेत्रबाट वैज्ञानिक वनको अध्ययन गरेको छभने सोही दिन कञ्चनपुर जिल्लाको महेन्द्रनगरबाट शान्ता चौधरी संयोजक रहेको टोलीले वैज्ञानिक वनको बारेमा अध्ययन गरेको छ।वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको नीतिमा टेकेर सर्पकटान भएको सम्बन्धमा आर्थिक अनियमितता भएको भन्दै सो बारेमा बुझ्न कञ्चनपुर पुगेका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ता चौधरी, सत्यनारायण शर्मा खनाल र राजबहादुर बुढथापाको टोलीले सोमबार महेन्द्रनग र पुगेर छलफल गरेको छ।

नेपाल सरकारले ल्याएको समृद्धिका लागि वन भन्ने नीतिमा टेकेर वैज्ञानिक वन बनाउने नाममा कैलाली कञ्चनपुर लगायत देशका विभिन्न स्थानहरुमा लागु गरिएको वैज्ञानिक वन कार्यक्रम नभएर व्यवसायीक कटानका रुपमा अगाडी बढाइएपछि जनता र स्थानीय निकायको समर्थन विनानै लागु गरिएको उक्त कार्यक्रमको देश व्यापी विरोध शुरु भएको छ।यसैक्रममा कैलाली र कञ्चनपुर जिल्लामा पनि त्यसको व्यापक विरोधका स्वरहरु सुनिन थालेका छन्।वैज्ञानिक वन बनाउन नहुने आवाज अधिकांश सामुदायिक वनका उपभोक्ता,संरक्षण प्रेमी र बुद्धीजिवीहरुको हुँदा हुँदै पनि नेपाल सरकारको नीति हो जसरी पनि लागु गर्नुपर्छ भन्दै कैलालीका पहलमानपुर वन डिभिजन कार्यालय र धनगढी डिभिजन वन कार्यालयले धमाधम रुपले वैज्ञानिक वन कार्यक्रम लागु गरेको देखिन्छ । जैविक विविधता र भुगोलकोको अध्ययननै नगरीकन चुरे देखि लिएर मध्यवति र तल्लो तटीय क्षेत्रमा समेत वैज्ञानिक वन कार्यक्रम लागु गरिएपछि वातावरण निकै विनासको चपेटामा पर्दै जान थालेकोमा आम जनता चिन्तित देखिएका छन् ।

निरीक्षण वनमा होईन हलमा सिमिति : कैलाली र कञ्चनपुर वैज्ञानिक वनको नाममा जिल्लामा भैरहेको वन विनास,आर्थिक चलखेल र अनियमितताका बारेमा अध्ययन गर्न भनेर कैलाली पुगेका दुई वटा समिति मध्ये कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीलीलाई कैलाली र कञ्चनपुर जिल्लाका वन अधिकृतहरु , केहि प्रदेश सभाका सांसद र अर्थ विकास तथा प्राकृति साधन स्रोत समिति सुदूरपश्चिम प्रदेश सभामा पदाधिकारीहरुले गुमराहमा पारेको पाइएको छ।

कैलाली जिल्लामा भएको वैज्ञानिक वन कार्यक्रमले वातावरण विनास गरेको,सर्पकटानको नीति लिएर अगाडी बढेको ,जैविक विविधतालाई संकटमा पारेको,वैज्ञानिक वनका न्यूनतम शर्तनामाहरु पालना नगरेको लगायतका बिषयहरुलाई घटनास्थलमै गएर अध्ययन अनुसनधान गर्नुपर्ने ठाउँमा सो समितीले सबै भन्दा बढी वैज्ञानिक वनका पदाधिकारीहरु सहभागि गराएर वैज्ञानिक वनको पक्षमा वकालत गर्न लगाउने कार्य भएको समेत पाइएको छ ।कञ्चनपुर जिल्लाको महेन्द्रनगर,कैलालीको धनगढी र पहलमानपुर डिभिजनका प्रमूखहरुले हलमा कार्यक्रमहरु राखेर वैज्ञानिक दुतको साँक्षी विरोलो भनेझैं हरियो वनमा धावा बोल्नेहरुलाईनै सहभागि गराएर एकपछिय रुपले मत प्रकट गराउने योजना गरेको पाइएको छ।

धनगढी वन डिभिजन कार्यालय र पहलमानपुर डिभिजन कार्यालयले मंगलबार हलमा कार्यक्रम आयोजना गरेका छन । अधिकाँश सहभागिहरुलाई वैज्ञानिक वनको पक्षमा वकालत गर्न लगाउने र वैज्ञानिक वन कार्यक्रम एकदमै ठिकहो भन्ने सन्देश दिने नियतले घटनास्थलमा टोलीलाई नलगेर अधिकाँश समय हलमा सिमित राख्ने र समय बर्बाद गर्ने मात्र कार्यहरु भएको पाइएको छ।

धनगढीमा आयोजित छलफलमा सहभागि नेकपा कैलालकिा अध्यक्ष रतन थापा,जिल्लासमन्वय समितिका प्रमूख सूर्य बहादुर थापा ,नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बम, राष्ट्रिय जनता पार्टीका नेता गया कुष्मी ,गौरीगंगा नगरपालिकाका नगर प्रमूख भिम देउवा,सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनीधि देखि लिएर अधिकाँश वक्ताहरुले वैज्ञानिक वन कार्यक्रम खारेज हुनु पर्ने र यो कार्यक्रमले वातावरण संरक्षण नभएर वातावरण विनासको चपेटामा पर्ने खतरा रहेको बताउनु भएको छ।

सो कायृक्रममा विभिन्न वैज्ञानिक वनका अध्यक्ष र सचिवहरुको उपस्थितीति रहेको थियो।

पहलमानपुर क्षेत्रमा पुग्नु भएकी शान्ता चौधरीलाई बदमासी भएको,सर्पटकटान भएको र मापदण्ड विपरित कटानी भएका वन क्षेत्रहरुमा नलगेर सालका बेर्ना सरह उम्रिएका पोथा बोटहरु देखाउनका लागि घोडाघोडी नगरपालिकाको वडानम्बर १० स्थित वीरेन्द्र सामुदायिक वन क्षेत्रमा मात्रै सिमति गराएको बुझिएको छ।

कैलाली जिल्लामा भएको वन विनास,चुरे विनास देखि लिएर आम उपभोक्ताहरुमा वैज्ञानिक वन प्रति उत्पन्न भएका गुनासाहरु सुन्नका लागि जसरी घटनास्थलमा पुगाउनु पर्ने थियो त्यो हुन नसकेको पाइएको छ ।

वैज्ञानिक वनका पदाधीकारी र ठेकेदारको स्कर्टिङ् : पहलमानपुर वन डिभिजन कार्यालयका प्रमूख कृष्णदत्त भटट्ले आयोजना गरेको मंगलबारको भेलामा अधिकाँश वैज्ञानिक वनका पदाधिकारीहरु मात्र सहभागि गराएर वैज्ञानिक वनको पक्षमा मत जुटाउने दुष्प्रयास भएको कुरा सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्ण रावलले बताउनु भएको छ।

सो भेलामा सहभागि भएका वैज्ञानिक वनका पाधिकारी र ठेकेदारहरुको सहभागिता रहेको थियो । बदमासी भएका,अनियमितता भएका वन क्षेत्रको अनुगमन गर्ने कार्य नगराएर वन माफिया देखि लिएर हरियो वनमा धावा बोल्ने तस्करहरुलेनै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका पदाधिकारीहरुलाई स्कर्टिङ गरेर वीरेन्द्र सामुदायिक वनमा लगेर निरिक्षण गराएको बताइएको छ ।

चुरे लगायतका क्षेत्रमा प्रदिप यादवको समितिले स्थलगत अध्ययन गर्यो :

सार्वजनिक लेखा समिति अन्तरगत बनेको उपसमितिले कैलाली जिल्लाको पूर्वी कर्णाली चिसापानी हुँदै पश्चिम महेन्द्रनगर क्षेत्रका वैज्ञानिक वन कार्यक्रम लागु भएका अधिकाँश वन क्षेत्रको अध्ययन गरेको छ । सो टोलीले मोहन्याल गाउँपालिकाका बर्गदा,जालपा लगायत चुरे क्षेत्रमा पर्ने वनमा पनि वैज्ञानिक कार्यक्रम लागु गरेर चुरे विनास संगै तल्लो तटिय क्षेत्रको अस्तित्व समेत संकटमा पार्ने कार्य भएको भन्दै समितिले चुरे क्षेत्रमा भएको अवैधानिक कटानीका बारेमा गम्भीरतापुर्वक लिएको बताउनु भएको छ।

सो टोलीले उपभोक्ता समूहका उपभोक्ता देखि लिएर सवै सरोकारवाला पक्षलाई स्थलगत रुपमै गएर भए गरेका अनियमितताका बारेमा व्यापक छलफल गरेको थियो।

वन माफिया र तस्करहरुको मुटु काँप्यो : सार्वजनिक लेखा समिति अन्तरगत बनेको उपसमितिका संयोजक प्रदिप यादवले वैज्ञानिक वनका नाममा भएको सर्पटकटान र त्यससंग जोडिएका तस्कर,माफिया र वन पदाधिकारीहरुका मुटु काप्न थालेको बताउनु भएको छख । उहाँले भन्नु भयो – वैज्ञानिक वनका नाममा निकै ठूलो बदमासी भएको छ । हरियो वनमा धावा बोल्ने र तस्कर पोष्ने ठूलो योजना भएको रहेछ । घटनास्थलमा गएर हेर्दा अवस्था निकै नाजुक अवस्थामा रहेको र वातावरण चरम संकटमा पुगेको पाइएको अवस्था छ।

समितिका सदस्य प्रेम आलेमगरले वैज्ञानिक वनको नाममा रातारात महल खडा गर्ने उद्देश्यका साथ लागेका भ्रष्ट वन पदाधिकारी, जिल्ला वन डिभिजका प्मूख लगायतका व्यक्तिहरुमाथी छानविन ककडा भन्दा कडा कारवाहीका लागि सिफारिस गरिने समेत बताउनु भएको छ ।जेल जानु पर्ने वन माफिया,वैज्ञानिक वनका पदाधिकारीहरुलाई हैप्ने कार्य र अपमान गर्ने कार्य गरियो भनेर अफवा फैलाउने कार्य निन्दनीय भएको पनि आलेले बताउनु भएको छ । उहाँले भन्नु भयो– आफु वन विनासलाई रोक्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्तिलाई माफिया, तस्कर लगायतका आक्षेप लगाउने गलत तत्व र फेशबुकेहरुनै माफियाको दानापानी र रसदबाट बाचिरहेकाले सामाजिक सञ्जालमा दरिद्रता प्रदर्शन गरिरहेको प्रति आफुलाई उनिहरु प्रति निकै दया लागेर आएको समेत आलेले बताउनु भयो । वन विनासमा जो सुकै भएपनि त्यस्ता गलत व्यक्ति र प्रवत्तिका मानिसहरुलाई कडा भन्दा कडा कारवाही गराउनका लागि आवश्यक प्रकृया अगाडी बढाईने समेत सदस्य आलेमगरले बताउनु भएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया