प्रदेश नं. १ मा आज नौजना कोभिड–१९ सङक्रमित देखा पर्यो भने सात जना निको भए

मनोज दाहाल २०७७ असार २३ गते २२:०० मा प्रकाशित


मनोज दाहाल,

विराटनगर, २३ असार।प्रदेश नं. १ मा आज नौ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ।

यसरी सङ्क्रमित हुनेहरुमा मोरङका छ, सुनसरीका दुई र झापाका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पोजेटिभ देखिएकाहरुमा मोरङको विराटनगरका दुई महिला सहित छ , सुनसरीको धरानका एक महिला सहित दुई र झापाको बा¥हदशीका एक जना रहेका छन।

प्रदेशमा योसंगै जम्मा सङक्रमितहरुको सङ्ख्या ६८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेशबाट आज ७ सङक्रमितहरु निको भै घरफर्केका छन्।कोशी अस्पताल (कोभिड )१९ उपचार केन्द्र) विराटनगरमा उपचार गराइरहेका ३ महिला सहित सात जना घर फर्केका छन्।

निको हुनेहरुमा मोरङका चार र सुनसरीका तीन जना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य धु्रव उरावले जानकारी दिनुभयो । निकोहुनेहरुमा छ वर्षीया बालिका देखि ५० वर्ष उमेर समूहका रहेका उहाँले बताउनु भयो।

उनीहरु गत जेठ २७ देखि असार १३ गते सम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए।

योसंगै प्रदेशमा निको भै घर फर्कनेहरुको सङ्ख्या ४७९ पुगेको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया