सडकआश्रित मानवहरुका लागि मानव सेवा ग्राम निर्माण गरिने

मनोज दाहाल २०७७ असार २२ गते २१:२६ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २२ असार । प्रदेश नं. १ को सरकारले सडक आश्रित मानवहरुका लागि मानव सेवा ग्राम निर्माण गर्ने भएको छ।

मोरङको ग्रामथान गाउँपालिकामा –७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माण गरिने भएको हो।

वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरुको उद्धार गरि औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको सेवाका लागि प्रदेश सरकारले मानव सेवा ग्राम निर्माण गर्ने तयारी गरेको हो।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारले आगामी आर्थिक वर्षमा रु १ करोड वजेट छुट्याएको बताउनुभयो । मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार कार्यमा अहिले मानव सेवा आश्रमले कार्य गरिरहेकाले सोही संस्था लगायतका अन्य सहयोगी संस्थाहरुसँग मन्त्रालयले छलफल अघि बढाएको जानकारी दिनु भयो।

मन्त्रालयले निर्माण कार्यको थालनी गर्ने गरि सहयोगी संस्थाहरुसँगको छलफललाई अघि बढाएको छ।

प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा सुविधा सम्पन्न सेवा आश्रम निर्माण गरिने लक्ष्य रहेको बताइएको छ।

प्रदेशमा मानव सेवा आश्रमले अहिलेसम्म सडक आश्रित ५० जनालाई उद्धार गरिसकेको छ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सामाजिक विकास मन्त्रालय, स्थानीय तहहसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईएको बताउनु भयो।

उहाँले आश्रमले सात वटा प्रदेशमा १९ वटा केन्द्र मार्फत सेवा दिईरहेको बताउदै मुलकभरी अहिले सम्म १ हजार दुुई सयलाई सेवा दिईएको जानकारी दिनु भयो।

आश्रम अहिले भाडाको घरबाट सेवा दिईरहेका कारण खर्च बढेको छ ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया