बिहीबार, साउन २२ २०७७
काठमाडौं १२:३८
वासिङटन डिसी 02:53

अन्तराष्ट्रिय विद्यार्थीले अनलाईन क्लास लिन नपाउने

एफ-वान र एम-वान विद्यार्थीले ईन-पर्सन (कक्षा कोठामा) पढाई हुने कलेज वा विश्वविद्यालयमा स्थानान्तरण गर्नु पर्ने

यादवराज जोशी २०७७ असार २२ गते २०:३९ मा प्रकाशित

इमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले सोमबार अन्तराष्ट्रिय विद्यार्थीले सत प्रतिसत अनलाईन क्लास लिन नपाउने नियम जारी गरेको छ । कोभिड १९ का कारण हाल अधिकांश कलेज र विश्वविद्यालयले सत प्रतिसत अनलाईन कक्षा सञ्चालन गरीरहेका छन् । यो नियम २०२० को फल सत्रको लागि लागु हुनेछ ।

इमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्ट अन्र्तगतको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामले तयार गरेको अल्पकालीन नियम अनुसार अमेरिकामा रहेका । ईन-पर्सन (कक्षा कोठामा) स्थानान्तरण नगर्ने विद्यार्थीलाई देश निकाला लगायतको सजाय दिईने इमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले जनाएको छ ।

यस्तै सत प्रतिसत अनलाईन क्लास लिएर अमेरिका आउन चाहने विद्यार्थीलाई फल सत्रका लागि भिसा दिईने छैन । यदि भिसा पाएको भए इमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टले प्रवेश बिन्दुमा नै अमेरिका प्रवेश गर्नबाट रोक्न सक्नेछ ।

एफ-वान विद्यार्थीले बढीमा एउटा कक्षा वा तीन क्रेडिट आवर मात्र अनलाईन लिन सक्नेछन । अनलाईन र ईन-पसर्न क्लासको हाईब्रिड मोडल अनुसार भर्ना भएका एफ-वान विद्यार्थीले फर्म आई-ट्वान्टीमार्फत पढाई सम्पूर्णरुपमा अनलाईन नभएको प्रमाणित गर्नु पर्नेछ । यस्ता विद्यार्थीले आगामी सेमेस्टर नियमित गर्न कमभन्दा कम अनलाईन क्लास लिनु पर्नेछ । अनलाईन कक्षाको सुविधा अंग्रेजी भाषा अध्ययन गर्ने एफ-वान र व्यवसाियक विष अध्ययन गर्ने एम-वान विद्यार्थीले पाउने छैनन ।

कलेज वा विश्वविद्यालय विद्यार्थीको कक्षा सम्वन्धि सुचना १० दिनभित्र स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामको वेवसाईटमा यद्यावधिक गर्नु पर्नेछ । कोभिड १९ का कारण यसअघि स्प्रिड. र समर सेमेस्टरमा अनलाईन कक्षाको सुविधा दिईएको थियो ।

-यादवराज जोशी

प्रतिक्रिया