बुधबार, साउन २८ २०७७
काठमाडौं १७:२६
वासिङटन डिसी 07:41

१२ बर्षको किशोरले आत्महत्याको प्रयास गर्दै महिलाको गाडीमा अचानक हामफाल्दा महिलाको निधन

इनेप्लिज २०७७ असार २२ गते ११:०८ मा प्रकाशित

१२ बर्षको किशोरले आत्महत्याको प्रयास गर्दै सडकमा कुदि रहेको महिलाको गाडीमा अचानक हामफाल्दा महिलाको निधन भएको छ । भर्जिनियाको ६६ राजमार्गको पूर्वतर्फ सिडार मार्गमा उक्त घटना भएको हो ।

महिला आफ्नो सवारी साधन एसयुभि(सवारी साधन)चलाई रहेको अवस्थामा उक्त दुखद घटना हुन् पुगेको प्रहरीले बताएका छन् ।

गत शनिबार जुलाई ४ का दिन दिउसो करिव ४:१५ मिनेटमा उक्त दुर्घटना भएको हो । मेरिल्याण्डक ओल्नि कि २२ बर्षिय मरिसा हारिस दुर्घटनाको कारण उनको निधन भएको छ । उनि रोग-विषयक परामर्शकि बिधार्थी रहेकी थिइन् ।

प्रहरीले हाल सम्म आत्महत्याको प्रयास गर्ने १२ बर्षिय बालकको नाम सार्वजनिक गरेको छैन । र उनको अवस्था खतरापूर्व घाइते अवस्थामा रहेको प्रहरीले जनाएका छन् ।

यस शिलशिलामा मेरिल्याण्ड प्रहरीले आत्महत्याको प्रयास सम्बन्धि अनुसन्धान गरि रहेको छ ।

श्रोत :एनबिसी वाशिंगटन डटकम/गुगल

प्रतिक्रिया