बुधबार, साउन २८ २०७७
काठमाडौं १७:२८
वासिङटन डिसी 07:43

भर्जिनियाका एक व्यक्तिद्वारा दुई दाजुभाईलाई सडक बीच मै गोली हानी हत्या

इनेप्लिज २०७७ असार २१ गते २०:५७ मा प्रकाशित

भर्जिनियाका एक व्यक्तिले दुई दाजुभाईलाई सडक बीच मै गोली हानी हत्या गरेकोमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार स्पोटसिलभेनिया काउन्टीमा गत जुलाई ४ का दिन उक्त घटना बीच सडकमा घटेको थियो ।

स्पोटसिलभेनिया काउन्टीका प्रहरीलाई गत राती १०:१५ मिनेटमा गोलीबारी भएको खबर गरिएको थियो । उक्त घटना फक्सरन ड्राइभमा भएको थियो भने दुईजना मानिस मृत अवस्थामा प्रहरीले फेला पारेका थिए ।

यसै शिलशिलामा ४८ बर्षिय ड्यानी लि हफम्यानलाई गिरफ्तार गर्नु को साथै दुई वटा हत्या गरेको अभियोग लगाईएको छ । प्रहरीलाई सुरुमा उनै हफम्यानले ९११ प्रहरीलाई बोलाएका थिए ।

उनले दुई भाइहरूसँगको झगडाको क्रममा पाखुरामा काटिएको बताएका थिए । प्रहरीले दुवै मानिसहरुलाई उक्त सवारी साधन मै मृत अवस्थामा पाएका थिए भने उनको पाखुराको उपचार प्राथमिक सेवाद्वारा घटना स्थलमै गरिएको थियो ।

हफम्यानलाई उनको साथमा १७ बर्षिय छोरा पनि रहेकोले उनलाई खतराको आरोप लगाइएको छ । ती पुरुषहरूलाई मार्न प्रयोग गरिएको हतियार हफम्यानको घर (सम्पत्ति)मा रहेको पोखरीबाट बरामद गरिएको थियो।

श्रोत :एनबिसी वाशिंगटन डटकम(एनबिसी४) ;तस्बिर : स्पोटसिलभेनिया काउन्टी प्रहरी

प्रतिक्रिया