सुवर्णंको नमाग मसँग मायाँमा सरिता, रमेश र भूपेन्द्रको प्रेम

इनेप्लिज २०७७ असार २१ गते १८:१४ मा प्रकाशित

काठमाडौं, २१ असार,

गायक तथा सँगीतकार सुवर्णकुमार श्रेष्ठले आफ्नो नयाँ गीत नमाग मसँग माया…को भिडियो सामाजिक सञ्जाल युट्युवबाट रिलिज गरेका छन् । बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो रिलिज गरिएको हो । यो गजललाई सुवर्ण आफैंले लेखेका हुन्।

यो गीतको भिडियो त्रिकोणात्मक प्रेम कथा देखाईएको छ । भिडियोमा गायिका, मोडल तथा सञ्चालकर्मी सरिता भारतीसँगै अभिनेता रमेश चन्द सोडारी र भूपेन्द्र कुमार खड्काले अभिनय गरेका छन् । ब्युटी न्युज नेपालकी समाचार सँयोजक सरिता यो भिडियोमा अभिनेता रमेश प्रेमी प्रेमिकाको भूमिकामा छन । यी दुईको प्रेममा बाधक बनेर भूपेन्द्र प्रस्तुत भएका छन्।

यी तिनै जनाको अभिनय सार्थक छ । अतिथि भूमिकामा मेकअप आर्टिस्ट बन्दना मग्राती पनि प्रस्तुत भएकी छिन् । भिडियोको मेकअप बन्दनाले गरेकी हुन्।

यो गीतको भिडियोलाई गीतकार तथा पत्रकार डब्बुु क्षत्रीले निर्देशन गरेका हुन् । आफ्नी श्रीमती तथा प्रेमिकालाई सानो कुरामा शँका गर्दा घरनै बर्बाद हुने र सम्बन्ध बिग्रने कथा यो गीतको भिडियोमा प्रस्तुत गरिएको क्षेत्रीले बताए । बियोगान्त शैलीको यो गीतले शँकाले लँका जलाउँछ भन्ने सन्देश दिएको छ ।
यो भिडियोमा मोहनिस श्रेष्ठको छायाँकन र डब्बु क्षेत्रीकै सम्पादन रहेको छ । भिडियोमा कलाकारहरुको पहिरन काजल क्रियसनकी फेशन डिजाईन काजल शर्माले तयार गरेकी हुन् । भिडियोले पनि दर्शकबाट सकरात्मक प्रतिक्रिया पाएको गायक सुवर्णले बताए ।

प्रतिक्रिया