बुधबार, साउन २८ २०७७
काठमाडौं १६:३३
वासिङटन डिसी 06:48

काठमाण्डौमा फिप्नाको आर्थिक सहयोगमा खाद्यान्न तथा राहत वितरण सम्पन्न

इनेप्लिज २०७७ असार २१ गते १५:५२ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आर्थिक सहयोगमा काठमाडौँमा खाद्यान्न तथा राहत वितरण सम्पन्न भएको छ । असार २१ गते सम्पन्न उक्त कार्यक्रमको समन्वय नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय, काठमाण्डौ र आयोजक/ व्यवस्थापक पिए नेपालले गरेको छ ।

आज सम्पन्न राहत वितरण कार्यक्रम कार्यक्रको सुरूवात नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयका केन्द्रीय अध्यक्ष जगत बरामले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेकोले फिप्नाका अध्यक्ष लोक चेम्जोङ लगायत ( फिप्ना)केन्द्रीय समिती अमेरीका परिवारले धन्यवाद दिएको छ ।

फ़िप्नाले जारी गरेको छापा विज्ञप्ति जस्ताको तस्तै :

उदघाटन कार्यक्रमको सन्दर्भमा
————————————
हामी आभारी छौ सम्पूर्ण अथिती ज्यूहरू तथा स्वयमसेवक ज्यूहरू प्रती ।

असार २१ गते काठमाण्डौका नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आर्थिक सहयोगमा खाद्यान्न तथा राहत वितरण सम्पन्न भयो । यसको समन्वय नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय, काठमाण्डौ र आयोजक/ व्यवस्थापक PA NEPAL ले गरिरहनुभएको छ ।

आजको राहत वितरण कार्यक्रम कार्यक्रको सुरूवात नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयका केन्द्रीय अध्यक्ष जगत बराम ज्यू ले गर्नुभयो । अन्य उपस्थित महानुभावहरूमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) का सल्लाहकार तेन्जिङ उक्याप ज्यू , पिए नेपालका प्रमूख ईन्दिरा रानामगर , ग्रीन ईन्टरनेशनल क्लब , काठमाडौ केन्द्रका अध्यक्ष :- सुलोचना गुरुङ,उपाध्यक्ष :- सुबि राई , सचिब:- सम्पदा योङ्या, सदस्य:- उमेस राई , लिम्बु पत्रकार संघका केन्द्रीय अध्यक्ष तथा नयाँ अनलाईन टिभीका प्रमूख देवेन्द्र खापुङ, संसार न्यूजकी प्रधान सम्पादक चन्द्रा थापा ( चन्द्रिका) , हृदम अनलाईन टिभीकी प्रोग्राम प्रोडुसर सम्पदा योङहाङ, लगायत पत्रकारहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

२ . खाना वितरणको सन्दर्भमा
————————————-
स्वयंसेवकहरू प्रती विशेष धन्यवाद व्यक्त गरिदछौ ।
ईन्दिरा रानामगर , सुवि राई , सम्पदा योङ्या,अनन्त राई, मन्जु राई, विमला गुरूङ, सेन्मी राई, राजेश लिम्बु, जयकुमार राई, सुक्र लिम्बु, रूपेश लामा

फिप्नाको तर्फबाट सल्लाहकार-तेन्जिङ उक्याप
आयोजक/व्यवस्थापक- पिए नेपाल
मिडिया – देवेन्द्र खापुङ ( नयाँ अनलाईन टिभी) , सम्पदा योङ्या( हृदम अनलाईन टिभी)
खना वितरण- ३०० जनालाई
स्थान – रत्नपार्क , सोह्रखुट्टे , असन क्षेत्रमा
घरविहिन २० परिवारलाई त्रिपाल वितरण

#यो अभियान उपत्यकामा प्रत्येक दिन निरन्तर असार २९ गते सम्म पहिलो चरणमा चल्ने छ ।

यहाँहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
—————-
लोक चेम्जोङ
अध्यक्ष
एवं, नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) केन्द्रीय समिती अमेरीका परिवार

प्रतिक्रिया