भुवन चैत्य बसुन्धरा फाउण्डेशनको प्रेस विज्ञप्ती

इनेप्लिज २०७७ असार २१ गते १४:०० मा प्रकाशित

भुवन चैत्य बसुन्धरा फाउण्डेशनको आषाढ २० गते फाउण्डेशनकी अध्यक्ष श्रीमती बसुन्धरा भुसालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवं सर्जकलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत विशिष्ट नृत्य निर्देशक श्री भैरव बहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहनु भएका विशिष्ट हाँस्य कलाकार श्री मदनकृष्ण श्रेष्ठ, श्री हरिवंश आचार्य -महजोडी_ लाई र चेतनारायण बसुन्धरा भूसाल पुरस्कार ५ दशक भन्दा बढी समय देखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री श्रीमती सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ ।

अघिल्लो वर्षको तिनवटै पुरस्कार चलचित्र विकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको थियो ।

बसुन्धरा भुसाल

अध्यक्ष

२०७७ असार २१

प्रतिक्रिया