बिहीबार, साउन २२ २०७७
काठमाडौं ११:५२
वासिङटन डिसी 02:07

कोरोना विरुद्ध सचेतना दौड

इनेप्लिज २०७७ असार २१ गते १३:५१ मा प्रकाशित

लभ एण्ड सपोर्ट फाउण्डेसन नेपालले कोरोना विरुद्ध सचेतना फैलाउने उद्धेश्यसाथ काठमाडौंमा २० असारमा ५ किलोमिटर भेट्रान सडक दौड प्रतियोगिता आयोजना ग¥यो ।

‘भौतिक दुरी कायम गरि दौडौं, स्वस्थ रहौं’ नारासाथ भएको उक्त प्रतियोगितामा ६० बर्ष माथिका स्पर्धी समुहमा शम्भु दाहाल प्रथम, पुष्पलाल श्रेष्ठ द्धतिय र मंगलदाश श्रेष्ठ तृतिय भए । त्यस्तै ४०—५९ बर्ष उमेर समुहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्धतिय र दिपकुमार रञ्जित तृतिय भएका थिए ।

त्यस्तै, खुल्ला महिलातर्फ याङदी लामा प्रथम, सिता रिमाल द्धतिय र राधा श्रेष्ठ तृतिय बनेको प्रतियोगिताका संयोजक वरिष्ठ गितकार तथा धावक बुद्धविर लामाले बताए ।

४० बर्ष माथिका २५ जना सहभागी उक्त प्रतियोगितामा प्रशिद्ध धावक बैकुष्ठ मानन्धर, स्पोर्टस फाउण्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ लगायतको पनि सहभागिता थियो ।

कोरोना रोकथामका लागि २५ जना भन्दा बढि भेला नहुन सरकारले सुचित गरेका कारण सहभागी संख्या समिति गर्दै हरेकलाई कम्तिमा ५ फुटको दुरी अन्तरमा दौडाइएको फाउण्डेसनले जनाएको छ ।

अमेरिकाको नर्थ क्यारोलेनामा मुख्यालय रहेको फाउण्डेसनले मनोरञ्जन र परोपकार केन्द्रित कार्यक्रम सञ्चालन गर्नेगरेको छ ।

प्रतिक्रिया