बुधबार, साउन २८ २०७७
काठमाडौं १७:५२
वासिङटन डिसी 08:07

डिसीमा भएको गोलीबारीमा ११ बर्षको बालकको मृत्यु

इनेप्लिज २०७७ असार २१ गते ११:०७ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा अमेरिकी स्वन्त्रता दिवस जुलाई ४ मा भएको गोलीबारीमा ११ बर्षको बालकको मृत्यु भएको छ । उक्त घटना डिसीको दक्षिणपूर्वमा भएको हो भने उनलाई गत शनिबार राती गोली हानी हत्या गरिएको छ ।

डिसीको १४०० भवन समूह स्थित सिडार स्ट्रिट (गल्ली)मा ९:३० बजे पछि भएको ५ जनाको सानो समूहले गरेको गोलीबारीमा उनलाई गोली हानिएको डिसी प्रहरी प्रमुख पिटर न्यूशामले बताए ।

उक्त बालकलाई गोली प्रहार भए पछि उनलाई स्थानीय अस्पताल लागिएको थियो । उनको त्यही निधन भएको थियो । उक्त स्थानमा जासुसहरुले अनुसन्धान गरि रहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीले सामाजिक संजाल ट्वीट मार्फत कालो रङ्गको सिडान नामक गाडी रहेको र घटना पछि फरार रहेको प्रहरीले जनाएका छन् ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया