आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:१३
वासिङटन डिसी 22:28

सूर्य लम्सालले महासचिव शर्मालाई चरम बिबादित बिश्वनाथ बराललाई पुन निर्वाचन आयुक्त बनाउने चर्चा आएको बिषयमा पत्राचार

इनेप्लिज २०७७ असार २१ गते १:३६ मा प्रकाशित

एनआरएन अभियानका सामाजिक अभियन्ता सूर्य लम्सालले अन्तर्राष्ट्रियका महासचिव डा हेम राज शर्मालाई चरम बिबादित बिश्व नाथ बराललाई पुन निर्वाचन आयुक्त बनाउने प्रस्ताव आउने भन्ने बिषयमा ध्यानकर्षण गराउदै पत्रचार गरेका छन् ।

उनले अमेरिकी स्वतन्त्र दिवस जुलाई ४ का दिन उक्त पत्र लेखेका हुन् । सन् २०१९ -२०२१ का लागि अध्यक्ष पदका उम्मेदार समेत रहेका लम्सालले संघमा विश्वासको रक्षा गर्न जिम्मेवार र तत्काल कार्य गर्न ध्यानाकर्षण गराएका छन् ।

उनले अमेरिकी एनआरएनहरू र एनआरएनए युएसए सदस्यहरू एसोसिएसनमा आशा राख्दछन् र संगठनात्मक नैतिकता अनुगमन गर्न अन्तर्राष्ट्रिय समन्वय काउन्सिल (आईसीसी) सँग काम गर्न चाहन्छन् भनि उक्त पत्रमा लेखेका छन् ।

उनले विगतमा कानूनी कारबाही मार्फत बारम्बार आरोपहरूको सामना गर्दै आएका चरम बिबादित विश्वनाथ बराललाई पुन एनआरएनए एनसीसी अमेरिकाको अर्को निर्वाचनको लागि निर्वाचन आयुक्तको रूपमा पुन: प्रस्ताव गरिदै गरेकोले यस्ता व्यक्तिलाई ल्याउन हुन्न भन्ने उनको आशय सहित महा सचिवलाई पत्राचार गरेका हुन् ।

उनको पत्रको पूर्ण विवरण जस्ताको तस्तै : हेर्न यहाँ थिच्नु होला(पिडीएफमा उपलब्ध )

ICC_Request-07042020 (1)

 

प्रतिक्रिया