आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:४१
वासिङटन डिसी 22:56

भर्जिनियाको एक कारागारमा कैदीको आक्रमणबाट अर्को कैदीको मृत्यु

इनेप्लिज २०७७ असार २१ गते ०:०५ मा प्रकाशित

भर्जिनियाको एक कारागारमा कैदीको आक्रमणबाट अर्को कैदीको मृत्यु भएको छ । उक्त कारागारमा संगै बस्ने साथीले आफ्नै साथीलाई सांघातिक आक्रमण गरे पछि उनको मृत्यु भएको हो ।

कारागारका प्रहरी अधिकारीहरुले गत शुक्रबार आफ्नै साथीको आक्रमणबाट निधन भएको जनाएका छन् । भर्जिनिया सुधार बिभागले एक छापा बिज्ञप्ति जारी गर्दै ४७ बर्षिय कैदी जसले आजीवन कैद सजाय पाएका थिए भनि उल्लेख गरेका छन् ।

भर्जिनियाको पाउण्ड भन्ने शहर स्थित रेड ओनियन राज्य कारागारमा प्रथम श्रेणीको हत्याको अभियोगमा उनलाई त्यहाँ थुनिएको थियो । यसै गरि उनलाई आक्रमण गर्ने ५४ बर्षिय कैदी उनि पनि आजीवन कारावासको सजाय काटी रहेका थिए ।

आक्रमणकारी कैदी पनि प्रथम र द्वितीय श्रेणीको हत्या,सवारी साधन चोरी र डकैतको अभियोगमा उक्त कारागारमा जीवन बिताई रहेका थिए । विभागले यस बिषयमा दुवै कैदीको नाम सार्वजनिक गरेको छैन भने हत्याको अनुसन्धान गरि रहेको प्रहरीले जनाएका छन् ।

श्रोत :डब्लुटिओपी/एपी

प्रतिक्रिया