आइतबार, साउन २५ २०७७
काठमाडौं ०९:२४
वासिङटन डिसी 23:39

युटहकी एक महिलाले कोरोनालाई जितिन तर अस्पताल खर्च ७ सय ९५ हजार डलर

इनेप्लिज २०७७ असार २० गते २३:३९ मा प्रकाशित

युटहकी एक महिलाले कोरोनालाई जितिन र घर फर्किन । तर उनि ५१ दिन सम्म बसेको र उनलाई अस्पतालले गरेको खर्च ७ सय ९५ हजार डलरको बिजक(बिल)आए पछि आश्चर्य भईन । तर सबै रकम उनले तिर्नु पर्ने भएन । उनले बिमा गरेको कारण उनि ठूलो आर्थिक बोझबाट बालबाल बचिन ।

उनले माउन्टेन स्टार हेल्थकेयर बाट बिमा गरेकी थिइन् र उनको सबै बिमाले खर्च तिर्ने भनि उक्त बिमाका प्रवक्ताले बताए ।

ईसाबेल टोसकानो नाम गरेकी महिलालाई दमले आक्रमण गरे पछि अस्पताल भर्ना भएकी थिइन् । उनलाई छुट्टै स्थानमा राखिएको र जहाँ उनि कोभिड-१९ बाट संक्रमित भएको पत्ता लागेको थियो । उनलाई दमले च्यापेको कारण उनलाई वायुप्रवाहक(भेन्टिलेटर) चाहिएको थियो ।

उनले ३ हप्ता सम्म वायुप्रवाहक प्रयोग गर्नु पर्यो । उनले अस्पताल बसेको बिजक(बिल)त्यति धेरै रकम देखे पछि यदि आफुले बिमा नलिएको भए मैले टाट पल्टेको घोषणा गर्नु पर्थ्यो ।

उक्त रकम तिर्नु पर्ने भएको भए आफू तनाव र चिन्तामा पर्ने भन्दै धन्न बिमा लिएको थिए भन्दै अस्पतालबाट कोरोनालाई जिती घर फर्केकी छिन् ।

श्रोत :एबिसी७/डब्लुजेएलए

प्रतिक्रिया