बिष्णु जोशीको गीत ल्याँङ भो रिलिज ! (म्युजिक भिडियो लिङ्क सहित)
अमेरिकामा विज्ञानमा विद्यावारिधि गर्दै गरेका लेखक र कवि बिष्णु जोशीलेआफ्नो पहिलो प्रोडक्सन म्युजिक भिडियो “ल्याँङ भो” आफ्नै यु ट्युब च्यानल “मदर नेपाल नेपाल आमा” द्वारा साझा गरेका छन्।ल्याँङ भो मा जोशीको गीत रचना र विशाल पौडेल को स्वर र सङ्गीत रहेकोछ। पौडेल कै सङ्गीत संयोजन, प्रदिप जोशीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ। सन्तोषआचार्यको बेस गिटार रहेको छ भने अडिटिंग र भिडियो नबिन निरौलाको रहेको छ।ल्याँङ भो कल्प वृक्ष रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। जोशीले मनिष बशिष्ठ , शैलेन्द्र लामा , बिनिषा श्रेष्ठ, र सरगम भट्टराई लाई सल्लाह सुझाव को लागि विशेष धन्यवाद दिएका छन् !
नेपालफर्कौँ महाअभियानका अभियन्ता जोशी भन्छन्, ” यो गीत हाम्रो पुस्ताकोआवाज हो ! आज नेपालमा युवा जसरी व्यापक भ्रष्टाचार, सत्ता तानातान देखि निराशर आक्रोशित हुँदै बिदेसिन बाध्य छन् त्यही आक्रोश पोखेर नै यो गीत सुरु हुन्छ।तर, विरोध मात्रै गरेर समाधान हुँदैन त्यसैले अन्त्यमा यो गीतले सबै युवालाई जागरूक भएर स्वदेश मै धैर्यताका साथ उद्यम गरी यसै पुस्तामा देश बनाउन आव्हान गरेको छ।
“ल्याँङभो” गीतको शब्द रचना यसप्रकार रहेको छ :
(ल्याँङभो, ल्याँङ भो, नेपालमा ल्याँङ भो)२
(नेतालाईसत्ता, झोलेलाई भत्ता, दक्ष युवा विदेशबेपत्ता) २
झाडीमालुक्ने अरिङ्गालको ग्याङभो
ल्याँङभो, ल्याँङ भो, लास्टै ल्यांग भो
लोकतन्त्रमानेपाल बन्द, भ्रष्टाचारखुला
हेरन यी नेताहरूकानुनभन्दा ठुला
अख्तियार र पुलिस बोक्छन्माउ पार्टीकै झोला
यस्तोल्यांग-ल्यांगले कस्तोविकास होला
सत्ताको नशा लाग्यो सरकारह्यांग भो
ल्यांग भो बोरो ल्यांग भो लास्टै ल्यांग भो
जो जोगी आए पनि कानै चिरेको
इमानदारी को सबले टोपी भिरेको
देशकाँ डुबा छ , छैन कसैलाई बाल
आको बजेटले आफ्नै भुँडी माहाल
झोलेहरू आए यहाँ खानको काल
कस्तो थियो यो देश हाम्रो केभयो यो हाल
भ्रष्टलाई भगाऔँ
उद्यमीलाईसघाऔँ
जागौँ यसै पुस्तामा देश बनाऔँ
जागौँ यसै पुस्तामा देश बनाऔँ
देश छोडी भुमरीमा बादल पारि नजाऊ
समय लाग्छ संवृद्धिमा धैर्यताअपनाऊ
सत्ताको नशा लाग्यो सरकार ह्यांग भो
ल्यांग भो बोरो ल्यांग भो लास्टै ल्यांग भो
(ल्याँङभो, ल्याँङ भो, नेपालमा ल्याँङ भो)२
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया