आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:०८
वासिङटन डिसी 22:23

एफबिआईद्वारा करौडौ डलर धोखाधडी गरि भोगविलास गर्न पल्केका षडयन्त्रकारी नाईजेरियाका नागरिक पक्राउ

इनेप्लिज २०७७ असार १९ गते २३:४५ मा प्रकाशित

एफबिआई द्वारा करौडौ डलर वित्तीय धोखाधडी गरि भोग विलास गर्न पल्केका नाईजेरियाका नागरिकलाई पक्राउ गरिएको छ । उनलाई क्यालिफोर्नियाका संघीय वकिलहरूले शुक्रवार युनाइटेड अरब एमिरेट्स(युएई)बाट वित्तीय धोखाधडी गरेको आरोप लगाइ उनलाई अमेरिका ल्याइएको जनाएका छन् ।

उनले यति सम्म गरे कि सामाजिक संजाल मार्फत लाखौ मानिसलाई आँखामा छारो हाल्न काममा सफल भए । उनले सामाजिक संजाल ईन्स्टाग्राममा अरुलाई अनेक जुक्ति गरि २४ लाख आफ्ना अनुयायी बनाउन सफल भएका थिए ।

तर काम कोठामै बसी बिश्वभरका धनाढ्य र ठूला आर्थिक कारोवार गर्नेहरुका खातामा रहेका रकम चोरी गरि खाता रित्याउने काम गरे ।

उनको इन्स्टाग्राम खाता “हसपप्पी”र स्न्यापच्याटमा “हशपप्पी५ ” नाम राखेका थिए । ३७ बर्षिय रमोन ओलोरुन्वा अब्बासले “अनेक थरिका अत्यन्तै आकर्षित तस्बिर ,महँगो घडी लगाएर,र लक्जरी (विलासिता)कारहरू र आफैले भाडामा लिएको हवाई जहाजमा बसेको आफैले प्रकाशित गर्थे ।

अब्बास र अज्ञात षडयन्त्रकर्ताहरुलाई ईमेल(बिधुतिय पत्र )घोटाला सहित वित्तीय धोखा योजनाहरु मार्फत लाखौं डलर प्राप्त गरेको आरोप लगाइएको छ। लस एञ्जलसको युनाइटेड अटर्नीको कार्यालयले तिनीहरूले अमेरिकाको कानुनी व्यवसायी ,एक विदेशी बैंक र अंग्रेजी प्रीमियर लिग फुटबल क्लबका खाताहरू हाईज्याक(डकैत )र अंतर्जाल(इन्टरनेट )को माध्यमबाट लुटेर लगेका जनाएका छन् ।

अन्य मानिसहरुलाई फसाउन आफ्ना अनुयायीहरूलाई इन्स्टाग्राममा प्रेरणादायक सन्देशहरू राख्ने गर्थे । र सबैलाई अत्यन्तै राम्रो मानिस भन्ने आभास दिलाउथे । “जबसम्म तपाईसँग मान्य सपना छ र कडा परिश्रम गर्नुस र सबैभन्दा महत्त्वपूर्ण कुरा यदि तपाई परमेश्वरमा विश्वास गर्नु हुन्छ भने तपाई जे पनि र सबै कुरा प्राप्त गर्न सक्नु हुनेछ,” भनि अब्बासले फेब्रुअरी, २०१९ मा लेखेका थिए ।

बैजनी रंगको स्नानवस्त्रमा अगाडि उभिएर रोल्स रोयस र एक बेन्टली महँगा गाडीका अगाडी तस्बिर खिचाएका थिए ।

अब्बासलाई गत महिना युएई(दुबई)मा पक्राउ गरिएको अभियोजकहरूले जानकारी दिएका छन् । यस हप्ताको सुरुमा एफबीआईका विशेष गुप्तचरहरूले अब्बासलाई हिरासतमा लिएका थिए । र उनलाई पैसा धोखाधडी( मनी लान्ड्रिंग)मा संलग्न र षडयन्त्र गरेको आरोपको सामना गर्न अमेरिका ल्याइएको हो ।

एफबीआईले अब्बासलाई “अन्तर्राष्ट्रिय संजालको एक नेताका रूपमा पहिचान गर्यो । अक्टूबर,२०१९ मा अब्बास र अन्यहरूले न्यूयोर्कको कानुन ब्यवसायीको कम्तीमा ९ लाख २२ हजार ८ सय ५७ डलर डकैत गरेका थिए ।

यसै गरि अब्बासले फेब्रुअरी २०१९ मा एउटा विदेशी वित्तीय संस्थाबाट १४.७ मिलियन डलरको पैसा लुट्ने षड्यन्त्र रचेका थिए। उनले अंग्रेजी प्रिमियर लिग फुटबल क्लबबाट १२४ मिलियन डलर चोरी गर्ने योजनामा ​​पनि उनको सहभागिता रहेको आरोप लगाइएको छ ।

यदि उनि दोषी ठहरिए भने २० बर्ष सम्म कैद पर्ने सक्ने छन् ।

श्रोत:युपिआई

प्रतिक्रिया