आइतबार, साउन २५ २०७७
काठमाडौं ०९:०८
वासिङटन डिसी 23:23

डिसीमा सम्पन्न बर्गर खाने प्रतियोगितामा मेरिल्याण्डका एक मानिसले १० मिनेटमा ३५ वटा बर्गर खाए

इनेप्लिज २०७७ असार १९ गते २१:५२ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्पन्न बर्गर खाने प्रतियोगितामा मेरिल्याण्डका एक मानिसले १० मिनेटमा ३५ वटा बर्गर खाएका छन् । उनले जि बर्गर नामक प्रतियोगितामा ५ पटक कीर्तिमान कायम गरेकी महिलालाई उछिन्न सफल भएका छन् ।

अमेरिकी स्वतन्त्रता दिवसको अगाडी आयोजना हुने बार्षिक जि-बर्गर स्वतन्त्र बर्गर खाने प्रतियोगिता मेरिल्याण्ड को टेनलेटाउनको हारवुड निवासी मोली स्कूलरले ३५ वटा बर्गर खाई प्रथम भएका हुन् । गत बर्ष १० मिनेटमा कीर्तिमानधारी महिलाले ३२ वटा बर्गर खाएकी थिइन् । प्राय जसो १६ वटा प्रतियोगीहरु हुने भएता पनि यस पटक सामाजिक दूरीको कारण ६ जना मात्र प्रतियोगीहरु थिए ।

जुलाई ३ ,शुक्रबारका दिन भएको प्रतियोगितामा ४ छोराछोरीकी आमा कीर्तिमानधारी जसलाई डान ‘किलर’केन्नेडी भनेर चिनिन्छ । उनी दोश्रो स्थान मात्र हासिल गर्न सकिन तर उनले ३४ वटा बर्गर १० मिनेटमा खाएकी थिइन् ।

उक्त प्रतियोगितामा ३५ वटा बर्गर खाई प्रथम हुनले १२५० डलर नगद तथा द्वितीय हुने महिला डानले ७५० डलर प्राप्त गरिन । यसै गरि तेश्रो हुनले २५ वटा बर्गर खाएका थिए भने उनलाई ५०० डलर नगद प्रदान गरिएको थियो ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया