असफलताबाट सफलताको शिखर चुम्न सफल प्रेरणादायी हस्तिहरु

सुनिल मणि दाहाल २०७७ असार १९ गते १५:४३ मा प्रकाशित

 

सुनिल मणि दाहाल

हरेक प्रसिद्द ब्यक्तिहरुको आआफ्नै सघर्षको ईतिहास हुन्छ ! उनीहरु त्यसै चर्चित भएका हुदैनन, त्यसका पछाडि ठुलो कथा तथा ब्यथा लुकेको हुन्छ। विस्वको इतिहासमा ठुला ठुला हस्तिहरुले नाम लेख्न सफल भएका छन। उनी हरुको आफ्नो काम र सोचले विस्वलाई नै प्रभाबित बनाएको छ।  यदि आफ्ना कमि कमजोरि र असफलताबाट शिक्षा नलिएका भए उनीहरु लोकप्रिय हुने थिएनन। त्यस्ता केहि प्रेरणादायी ब्यक्तित्वहरुका बारेमा यहा चर्चा गरीएको छः
हेनरी फोर्ड

फोर्ड मोटर कम्पनीका सस्थापक हेनरी फोर्ड अमेरिकाका सबै भन्दा ठुला उध्योगपति मध्धेका एक थिए र उनलाइ अमेरिकाको एक प्रभावशालि ब्यक्तिको रुपमा चिनिन्थ्यो। जब हेनरीले आफ्नो मोटरको ब्यापार सुरु गरे, पहिलो दुइ मोटर कम्पनी सुरु गरेको केहि महिना मै बन्द हुन पुगेको थियो। यदि अरु कोहि भए यस असफलताबाट निराश भै सक्ने थियो तर, हेनरी निरास भएनन, बरु उनको यस असफलताले नया मोटर कम्पनी “फोर्ड मोटर्स” को जन्म भयो। उनले विश्वमा पहिलो पटक एसम्बली लाइन म्यानुफ्याक्चरिङ्गको प्रयोग गर्दै कार उत्पादनमा क्रान्ती ल्याए! यस सफलताले आफ्नो समयताकाका विस्वका तीन धनी मध्धेका एक धनी हेनरी फोर्ड बने।

जे. के. रोलिङ

हेरी पोर्टर सिरीजको पुस्तककी लेखीका जे. के . रोलिङको एउटा यस्तो समय थियो त्यसताका उनी आर्थिक रुपले कङाल भएकी थिइन भने अर्का तर्फ पतिसँगको सम्बन्ध बिच्छेदले डिप्रेसनमा गएकी थिइन।  जुन बेला उनी हेरी पोर्टर पुस्तक लेख्दै थिइन त्यसताका उनी एक सामाजीक सस्थामा बस्ने गर्थिन। यती मात्र हैन , उनको यस किताबलाई सुरुका दिनमा १२ प्रकाशकहरुले प्रकाशण गर्न मानेका थिएनन।  आज उनी विश्वमा नै सबै भन्दा बढी पढीने पुस्तकको लेखीकाका रुपमा चिनिन्छीन।  उनको पुस्तक हेरी पोर्टरको बिक्री करिब ४७० मिलियन कपी भएको अनुमान गरीन्छ।  यो पुस्तक प्रकाशित भए पस्चात यसअघिको बिक्रि भएका अन्य पुस्तकहरुको रेकर्ड तोडिएको मानिएको छ!

थोमस एल्बा एडिसन

एडिसन अमेरिकाका यस्ता अनौठा आविष्कारक थिए जसको नाममा १०९३ आविस्कारका प्याटेन्ट रेकर्ड छन।  सन १८८९ मा उनलाइ गरीएको एक सम्मान समारोहमा एक बक्ताले भनेका थिए की एडिसनले यती धेरै आविस्कार गरेका छन की सायद अब अरुलाइ थप आविस्कार गर्न केहि पनि बचेको छैन।

वास्तबमा मानव बिकासको इतिहासमा एडिसनको बराबरीमा आबिस्कार गर्ने वैज्ञानीक छैनन।  एडिसन बच्चामा कमजोर थिए र उनको ब्यक्तित्व धेरै नै जटिल थियो। तर, उनको दिमाग सदा केहि न केहि नया खोजमा रहन्थ्यो र ठुलालाइ प्रस्न सोधिर हैरान पार्दथे।  जब सम्म उनी आफै परिक्षण गरी यकिन गर्दैन थिए तबसम्म अरुको कुरामा बिस्वास नगर्ने उनको बानी थियो। उनको यस किसिमको स्वभावका कारण स्कुलले समेत निकालेको थियो।  उनका शिक्षक भन्थे – यो केटाको दिमाग एकदम सुन्य  छ।  सुरुका दिन एक सफल इलेक्ट्रीकल बल्बको आविस्कार पूर्व उनले नौ हजार पटक प्रयोग गरेका थिए, जसमा उनी सफल भएका थिएनन! पछी सफलता प्राप्त गरी छाडे ।

वाल्ट डिसनी

डिसेम्बर ५, १९०१ अमेरिकाको सिकागोमा जन्मेका वाल्ट डिसनीले आफ्नो पहिलो बिजनेस आफ्नो घरको गराजबाट शुरु गरेका थिए ! उनले सबै भन्दा पहिले शुरु गरेको कार्टुन बनाउने कम्पनी चलेन र त्यो कम्पनी डुबेको थियो। उनको पहिलो प्रेस भेलामा डिसनीलाई सिनेमा बनाउने कुनै अनुभव छैन भनी एक मिडियाका एडिटरले होच्याउदै भनेका थिए।  तर, उनले हरेस खाएनन।  वाल्ट डिसनी अमेरीकाको प्रख्यात सिनेमा निर्माता , निर्देशक , पटकथा लेखक र एनेमेटर बने।  उनले विस्वको सबै भन्दा प्रख्यात फिल्म निर्माता कम्पनी ” द  वाल्ट डिसनी कम्पनी ” को स्थापना गरे।  उनले २६ वटा अकेडेमीक अवार्ड समेत पाए।  आज यस कम्पनीको बार्षिक रेभिन्यु ६९ .५७  बिलियन अमेरिकी डलर (सन् २०१९ को तथ्याँक ) भन्दा बढि छ ! यस कम्पनीमा २  लाख २३ हजार भन्दा बढिले रोजगारी पाएका छन! 

अब्राहम लिंकन 

सम्भवतः असफलतामा कैले पनि नआत्तीने , निरास नहुने  र दृढ बिस्वासका साथ अगाढि बढने ब्यक्तीत्वमा सबै भन्दा अघि अब्राहम लिंकनको नाम आउछ ! गरीब परिवारमा जन्मेका लिंकनले आफ्नो जिवनकालमा अनेकौ कठिनाही ब्यहोर्नु पर्यो , धेरै असफलता हरुमा जुध्नु पर्यो।

लिंकनले पाएको असफलताको विबरण नै यति लामो छ कि उनले कुनै पनी समय आफुले पाएको असफलताबाट निरास भै हार मान्न सक्दथे तर उनले हार मानेनन , उनी अमेरीकाको इतिहास मै सबै भन्दा लोकप्रीय महान राष्ट्रपती बने। अब्राहम लिंकनलाइ अमेरिकाको प्रभावशाली राष्ट्रपतीका रुपमा चिनिन्छ। उनी अमेरीकाको १६ औ राष्ट्रपति थिए। उनले धेरै नै कठिन संघर्ष पस्चातमात्र सफलता प्राप्त गरेको उनको जीवनीले देखाउछ। अत्याधिक गरिवी र पिछडिएको बर्गबाट व्हाइट हाउससम्मको यात्रा तय गर्न सफल लिंकनले दुइ पटकसम्म अमेरिकी माथिल्लो सदन सिनेटको चुनाव हारेका थिए।

यसैले जिन्दगीमा केहि पाउनु छ भने हार नमानी ,निरास नभै, सकारात्मक सोचकासाथ अघि बढन सक्नु पर्दछ, यही शिक्षा लिंकनले सिकाएर बिदा भए।

 

(लेखक नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजालको बरिष्ठ उपाध्याक्ष तथा इनेप्लिजको सल्लाहाकार हुनुहुन्छ )

फोटो: गुगल

यो सामाग्री ‘मेरो गोरेटो’ ब्लग (https://merogoreto.wordpress.com/) बाट साभार गरिएको हो।

प्रतिक्रिया