गायिका बर्त गन्धर्बको ‘भरिया’ म्यूजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ असार १८ गते १४:१० मा प्रकाशित

काठमाण्डौ, १८ असार । रेडियो प्रस्तोता तथा गीतकार तुल्सी बस्नेतको शब्द रचनालाई गायिका बर्त गन्धर्बले आवाज दिईएको म्यूजिक भिडियोलाई सि एण्ड डि मेलोडी नेपालले आफ्नो सामाजिक संन्जाल युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

कोरोना कहरमा विश्व बन्दा बन्दी लक्डाउन बनेको अवस्थामा सबैले आ-आफ्नै माध्यमबाट कोरोनालाइ सम्बोधन गरिरहेका छन् ।यसै सन्दर्भमा गीतकार बस्नेतले गीत मार्फत बन्दा बन्दी लक्डाउनको मारमा परेका भरिया ,रिक्सावाला ,ठेलावाला  गिट्टी कुटेर जिबिका चलाउने  मजदुरहरुको मनोविज्ञान, व्यथालाई प्रस्तुत गरेका छन् ।उक्त गीतमा हुदा खाने परिवारलाई यो बन्दा बन्दीले पारेको अभाब अनिकाल  र अदृश्य चोटहरुलाई मार्मिक रुपमा उतारने प्रयास गरेका छन् ।

संगीतकार चन्द्र श्रेष्ठले यस गीतलाई अति नै हृदय स्पर्शी संगीत भरेका छन् । संगीतकार श्रेष्ठ आफै पनि एक कुशल गायक हुन् उनले गाएका र संगीत भरेका दर्जनौ गीतहरु कर्णप्रिय  छन् । त्यसमा पनि गरिब मजदुरहरुका यथार्थमा बनेका शब्दहरुमा राम्ररी डुब्न सक्छन । जसको ज्वलन्त उधाहरण यो गीत पनि पर्दछ  ।

द भोइस अफ नेपालमा  दर्शकहरु माँझ अत्यधिक रुचाईएकी  गायिका बर्त गन्धर्बको आवाज रहेको यो गीत उनकालागि पनि आफ्नो जिवनकै उत्कृष्ट गीत लागेको बताएकी छन् ।राजु कार्कीको संगीत संयोजन  रहेको यस ‘भरिया’ म्यूजिक भिडियोलाई गायक देब्स राई  र मिक्साम लिम्बुको मुख्य सहयोगमा जस्केलो क्रिएसनले भिडियो सम्पादन गरेका हुन् ।

 

 

 

प्रतिक्रिया