चलचित्र ‘चिनी कम रंग कडा’ को ट्रेलर तथा चलचित्र अमेरिका र बेलायतमा एकै साथ सार्बजनिक

विजय थापा २०७७ असार १७ गते २१:०१ मा प्रकाशित

डिसी । युवा चलचित्र निर्देशक बिबेक घिमिरेको कथानक चलचित्र ‘चिनी कम रंग कडा’ को ट्रेलर(चलचित्रको संक्षिप्त अंश )तथा चलचित्र अमेरिका र बेलायतमा एकै साथ सार्बजनिक भएको छ ।

उक्त चलचित्र हेर्न एमाजोन प्राइम भिडियो डिरेक्ट मार्फत हेर्न सकिने बताइएको छ । अमेरिकामा भाडामा लिई चलचित्र हेर्न ४.९९ डलर र बेलायतमा ४.९९ पाउण्डमा तिर्नु पर्ने छ । उक्त चलचित्र हेर्न दर्शकले डिजिटल कपि( अङ्किय प्रति) प्राप्त गरि हेर्नु पर्नेछ ।

उक्त चलचित्र जुलाई १ का दिन सार्वजनिक भएको हो । महामारीको समयमा चलचित्र निर्माण र प्रदर्शन थप्प भएको समयमा निर्देशक घिमिरेले नेपाली चलचित्र प्रेमीहरुका लागि कोसेली स्वरुप चलचित्र सार्वजनिक गरेका हुन् ।

निर्देशक घिमिरेले ईनेप्लिजसंग कुरा गर्दै बिषय परिस्थितिमा प्रदर्शन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुको साथै सबैमा आभार व्यक्त गरेका छन ।

छिट्टै आउने उक्त चलचित्रमा मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ । चलचित्रमा मानव सुबेदी,सुशील सिटौला,जीवन भट्टराई,अनु थापा,सुर्य थापा,रबिन जंग थापा,प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको छ ।

चलचित्रको ट्रेलर(चलचित्रको संक्षिप्त अंश )हेर्न यहाँ थिच्नु होला : 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया