आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:३०
वासिङटन डिसी 22:45

न्यूयोर्क निवासी ६० वर्षीय नेपाली वृद्धले आफुमाथि वाल्यकालमा यौन उत्पीडन गरेको एक नेपाली युवतीद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक

विजय थापा २०७७ असार १७ गते १३:३९ मा प्रकाशित

डिसी । न्युयोर्कमा ६० बर्षको बृद्ध नेपालीले ६ बर्षकी नेपाली बालिकालाई मिठाई दिई बाल-उत्पीड़न गरेको आरोप किशोरीले सामाजिक संजाल फेसबुक(अनुहार किताव)मा राखे पछि नेपाली समुदायमा तरङ्ग आएको छ । नेपाली समुदायका कान ठाडा भएका छन् । यत्र तत्र चर्चा परिचर्चाको शिखरमा पुगेको छ ।

६ बर्षकी बालिका अहिले किशोरी भएकी छिन् । उनले गत जुन २८,२०२० का दिन आफूले भोगेका र उक्त व्यक्तिले गरेका दुर्ब्यबहार र क्रियाकलाप बारेमा साहसी ढंगले घटना विवरण लेखेकी छिन् । किशोरीले उक्त बृद्धलाई दोष आरोप लगाउदै गर्दा नेपाली समुदाय सदस्यहरुले यादव गौतमलाई गाली गलौज गर्न व्यापक सुरु भएको छ ।

उनलाई आरोप लगाए पछि आरोपित गौतमले किशोरीलाई उनले जवाफ दिएका छन् ।

बाल्यकालमा आफूलाई यौन आक्रमण गर्ने नेपाली समुदायकै तत्कालिन समयमा अन्दाजी ६० बर्षिय व्यक्तिलाई सामाजिक संजालमै आफुलाई गरेको कुरालाई जोडे(ट्याग)गरे पछि उनको सातो पुत्लो उडेको छ ।

६ बर्षकी बालिकाको सामाजिक संजाल फेसबुक(अनुहार किता) का अनुसार गणना गर्दा पीडित किशोरी करिव २०-२१ बर्ष उमेर हाराहरीमा भएको हुनु पर्छ । तत्कालिन समयमा उक्त अन्दाजी ६० बर्षको बृद्ध हाल करिव ७५ बर्षिय उमेर पुगेको अनुमान गर्न सकिन्छ । आरोपित गौतमले आफै ७०/७५ बर्ष भनेका छन् ।

प्रिया शाही नामक किशोरीले उनलाई बाल्यकालमा यौन आक्रमण गर्नेको नाम खुलाशा गरेकी छिन् । उनका अनुसा उक्त वरिष्ठ नागरिक रहेका व्यक्तिको नाम यादव गौतम रहेको छ भने उनले तस्बिर सहित सार्वजनिक गरेकी छिन् ।

उक्त ६ बर्षकी बालिका किशोरी भए पछि सामाजिक संजाल मार्फत घटनाको बिबरण सार्वजनिक गरेकी हु । र सबै न्युयोर्कका नेपाली समुदायलाई उक्त बृद्ध संग सतर्कता हुन् र सुरक्षित हुन् आग्रह गरेकी छिन् ।

सामाजिक संजालमा उनले प्रकाशित गरेको वस्तु स्थिति(स्टाटस )अनुसार किशोरी प्रिया शाहीले सन् २००३ मा अमेरिका परिवारसंग आएको बताएकी छिन । जुन समयमा उनि केवल ४ बर्ष कि मात्र थिइन् ।

उनले सुरुमै आफ्नी दुखद कथा बताउदै कसरी यादव गौतम नामक बृद्ध बालकामुक(पिडोफाइल)ले आफूलाई यौन शिकार बनाएको कुरा उल्लेख गरेकी छिन् । उनले आफू परिवार सहित पहिलो पटक न्युयोर्कमा सानो कोठामा बसेको उल्लेख गर्दै अर्को आवासगृह(अपार्टमेन्ट)मा सरेको कुरा बताएकी छिन् । जहाँ उक्त करिव ६० बर्षको बृद्ध रहेको जनाएकी छिन् ।

उक्त बृद्धलाई आफू लगायतले उनलाई काका(अंकल)भनेर सम्बोधन गर्ने उल्लेख गरेकी छिन् । न्यूयोर्कमा चर्को घरभाडा पर्ने हुनाले मिलेर बस्ने अहिले पनि चलन भएकोले उनले पनि उक्त समयमा यसरी बस्नु परेको जनाएकी छिन ।

प्रियका अनुसार आफ्ना मातापिता दुवै कामबाट करिव ७-८ बजे ढिलो घर फर्कने भएकोले रातीको समयमा हाल अन्दाजी हालको ७५ बर्षिय बृद्ध गौतमले फाइदा लिएको जनाएकी छिन् । जुन हाम्रो समाजको लागि ज्यादै दुखदायी र सुन्दै विश्वास गर्न नसकिने घटना हो यदि सत्य हो भने।

प्रियाका अनुसार उनले मिठाई खरिद गरेर दिने गलत नियत सहित आफ्नो दोश्रो पिता झै बन्ने नाटक गर्दै छेडछाड गर्ने उल्लेख गरेकी छिन् । उक्त व्यक्तिले बालिकाको बिकसित हुदै गएको वक्षस्थलमा छुने जस्ता घिनलाग्दो कार्य समेत गरेको प्रियाले सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् ।  आरोप लगाउन कुनै संकोच मानेकी छैनन ।

प्रियाले उक्त समयमा आफू केवल ६ बर्षको मात्र भएको र उक्त बृद्धले अश्लिल चलचित्रको भिडियो(चित्रमुद्रिका)ल्याउने समेत कुरा राखेकी छिन् । यति मात्र हैन उक्त बृद्ध व्यक्तिले प्रियाको दाजुको साथीलाई पनि शिकार बनाएको चर्चा गरेकी छिन् ।

प्रियाले आफ्नो सामाजिक संजालमा म अव ठूली भै सकेको छु । मलाई के गरिएको थियो भन्ने बारेमा म शब्दमा लेख्न सक्छु भनेकी छिन् । र ,उनले सबै नेपाली समुदायलाई बिशेष उक्त बालकामुक(पिडोफाईल)संग टाडा रहनु भनि यादव गौतमसंग भनि सबैलाई आँखा खोल्न भनेकी छिन् ।

प्रियाले संक्षेपमा मात्र कुरा राखेकी छिन् । साच्चै हो भने कति बर्ष सम्म उनले यो उत्पीडन खप्नु पर्यो । आफ्ना मातापितासंग यस बारेमा कुरा गरेकी छिन् या छैनन् भन्ने बारेमा बताएकि छैनन । प्रियाले यत्रो समय पछि किन कुरा ओकलिन भन्ने पनि प्रश्न उब्जिन्छ । तर आफू निर्णय गर्न सक्ने भएको आभाष दिएकी छिन् ।

किशोरी प्रिया शाहीले आरोप लगाएकी बृद्ध यादव गौतमले नानी प्रिया आशिर्वाद भन्दै तिमीले मेरो बारेमा यस्तो लेखेको देख्दा साह्रै नै दुख लाग्यो भनेका छन् । उनले म र तिम्रो पुरा परिवार एउटै अपार्टमेन्ट(आवाशगगृह)मा बस्यौ ,संगै खायौ ,मिठाई चकलेट पनि बाढेर खायौ र मिलेर बस्यौ भनि तर्क प्रस्तुत गरेका छन ।

उनले आफ्नी छोरी नातिनी जस्तो ब्यबहार गरेको थिए भन्दै आज १३/१४ बर्ष पछि आएर यस्तो नभएको आरोप लगाएर म ७०/७५ बर्षको व्यक्तिको चरित्र हत्या गरी जेल(कारागार) पठाएर तिमिलाई के फाइदा होला त नानी भनेर प्रियालाई उत्तर दिएका छन् ।

यसै गरि गौतमले पनि प्रियालाई उत्तर मात्र दिएका छन् । उनले लामो कुराहरु लेखेका छैनन् । प्रहरी सेवामा देशको सेवा पुर्याएका व्यक्तिलाई आरोप लगाउदा उनका परिवार तथा सबैलाई आश्चर्य बनाउनुको साथै सोच्न बाध्य पनि बनाएको छ । उनका कुराहरु सामाजिक संजालमा आएमा हामी अध्यावधिक गर्ने छौ ।

अब के गर्ने : नेपाली समुदायले यस बिषयमा एक पटक घोत्लिन जरुरी भएको छ । चाहे जो कोही होस् कानुनी देशमा यदि गौतम दोषी ठहरिए भने सजायको भागिदार हुनु पर्छ यदि सत्य हो भने। बिशेष गरि अभिभावकले यस्ता किशोरीहरुको कुरा आवाज सुनु पर्ने भएको छ । अमेरिकाभरि विभिन्न संघ/संस्थामा आबद्ध महिला सामाजिक कार्यकर्ता,यौन शोषण तथा घरेलु हिंसामा काम गर्दै आएका आएका महिलाहरुले वास्तविकता बारेमा बिशेष पहल तुरुन्तै गर्नु पर्ने अपरिहार्यता भएको छ ।

अझ पनि अन्य बालबालिका शिकार भएका त् छैनन : न्यूयोर्कको रिजवुड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय एक जुट हुनु पर्ने अवस्था देखिएको छ । अझ पनि यस्तो किशोरीको दुखद कथा सार्वजनिक हुँदा पनि कानमा तेल हालेर बस्नु कदापी हुदैन यदि सत्य हो भने।। अझ पनि संगै कोही परिवार बसेको छ या छैन भनि सोधखोज गर्न कदल चाल्नु पर्ने छ ।

बृद्ध गौतमलाई आरोप लगाउने बित्तिकै दोषी हुन्छन त ? र उनि को हुन् ? : आरोप लगाउने बित्तिकै दोषी हुदैनन् । सामाजिक संजालमा उठान गरेका कुराले महत्व राख्दछ । तर धेरै सामाजिक संजालका कुरा त्यतिकै बिलाएर पनि जान्छ । श्रोतका अनुसार उनि लामो समय देखि न्यूयोर्कमा बसोबास गर्दै आएका हुन । नेपालको प्रहरी सेवाका अवकास प्राप्त व्यक्ति हुन् । र हाल रिजवुड क्षेत्रमा बसोबास गर्छन । बृद्ध अवस्थाका यादव गौतमलाई आरोप र लान्छना लगाउदैमा उनि दोषी हुन्छन त ? कदापी हुदैनन् | त्यसको पनि प्रक्रिया हुन्छ । अमेरिका जस्तो देशमा १०० बर्ष पुरानो मामला पनि जमिन मुनिबाट पनि निकाली अनुसन्धान गरिन्छ ।

यस्ता कैयौ मुद्धाहरु अनुसन्धान गरि दोषीलाई कारवाही गरिएको छ । कानुनको फन्दामा परेका छन् । दोषी र अपराधी उम्कन कहिले पाउदैनन यदि सत्य हो भने।।

मिटु अभियान (Me Too मुभमेन्ट ) : अमेरिकामा बालबालिका माथि कुनै पनि प्रकारको भेदभाव र शोषण कुनै पनि हालतमा क्षमा हुदैन । किशोरी २० बर्ष नाघेकी छिन । उनले आफ्नो बिबेक प्रयोग गर्न सक्छिन । उनको कथा अनुसार उनि साच्चै कै पीडित हुन् भन्ने विश्वास गरिन्छ तर कानुनले प्रमाण खोज्ने र प्रमाण जुटाउनु पर्ने अपरिहार्य हुन्छ । हाललाई प्रियाले मात्र आफ्ना पीडा पोखेकी छिन । अन्य व्यक्तिहरु पनि यसरी पीडित भएका पाइएमा कानुन अनुसार सजाय पाउने छन । स्मरण रहोस  मिटु अभियान न्यूयोर्क बाटै प्रारम्भ भएको हो ।

प्रिया शाहीले लेखेको दर्दनाक कथाको अंग्रेजीमा जस्ताको तस्तै :

TW: This is my sa story of how this pedophile Yadav Gautam assaulted me . I moved to the United States with my family from Nepal in 2003 when I was 4 years old. Since then, my sister, my brother, my parents and I hopped around apartments in Queens. Our first apartment was a very small one bedroom apartment, and it is the safest I felt as a child growing up thousands of miles away from my homeland. After that, we moved to apartment 1D, where we had a Nepalese roommate (a family friend) who was in his 60s. My sister, my brother, and I called him our uncle. I guess being freshly new to a foreign country meant that having a roommate was the only way we could afford to pay our rent. My parents were full time workers and would come home around 7/8 pm. My older sister would baby sit us when both my parents were at work. At night, this uncle would take advantage of me. I was six years old. He would touch my undeveloped breasts and ask me if I would like to sleep with him on his bed. He would buy me chocolates to try and become a second father figure just so he can molest me. I was six years old. I can still remember he had a collection of porn CDS that had me confused as a 6 year old. One of my brother’s friends has also said he was a victim of this pedophile when he was a child. Now that I am old enough to put into words what was done to me, I am sharing this story. Please do not bring your kids around Yadav Gautum. Please keep your families safe. — with Yadav Gautam.

 

यादव गौतमले प्रियालाई लेखेको जवाफको जस्ताको त्यस्तै :

 

प्रतिक्रिया