बेपत्ता भएको दुई वर्ष पछि पत्रकार तेज खड्काको निधन भएको पुष्टि

इनेप्लिज २०७७ असार १६ गते २२:०९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी । डोटीका स्थानीयबासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्ष पछि आज निधन भएको पुष्टि भएको छ । दुई वर्ष अगाडि बाजुराको बुढिनन्दा मेलाबाट एका एक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष समेत रहनु भएका पत्रकार तेजबहादुर खड्काको निधन भएको पुष्टि भएको खबर आज मंगलबार आएको हो ।

पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीइबासकिो सहयोगमा गएको वर्ष बिसं २०७६ साल मंसिर महिनामा बाजुराको बुढिनन्दामा कङकाल भेटिएको थियो । खोजबिन टोलीले भेटाएको मानब कङकाल नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणकालागि पठाइएको थियो ।

उक्त प्रयोगसालामा गरिएको परिक्षण पछि निज कङकाल पत्रकार तेजबहादुर खड्काकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताउनुभयो।

उहाँले भन्नुभयो, “खोजबिन टोलीले पाएको मानब कङकाल डिएनए परिक्षणका लागि हाम्रो बिधि बिज्ञान प्रयोग सालामा पठाएको थियो, परिक्षण पछि रिपोर्ट हेर्दा खड्काकै कङकाल भएको पुष्टि भएको छ ।” बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि बिसं २०६६ साल मंसिर महिनामा दुई वटा करङ, झोला र आइडि कार्ड भेटिएको थियो । पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यबस्थापकको रुपमा काम गर्दै आउनु भएको थियो ।

खड्का रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रशारण केन्द्रमा समेत लामो समय कार्यरत रहनु भएको थियो । उहाँ बिसं २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बरमाग्ने भन्ने डाडाबाट एका एक बेपत्ता हुनु भएको थियो ।

प्रतिक्रिया