प्रदेश नं.१मा ४१ हजार भन्दा बढीको कोरोना परीक्षण

मनोज दाहाल २०७७ असार १६ गते २१:२४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १६ असार । प्रदेश नं.१ मा अहिले सम्ममा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण भएको छ । जसमा पिसीआर २३ हजार ५७७ जना र आरडिटी परीक्षण १७ हजार ७६२ जना छन्

सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशखाद्वारा आज यहाँ आयोजिक पत्रकार सम्मेलनमा वैशाख महिना देखि असार १५ गते सम्मको तथ्याङ्कमा वैशाखमा पिसीआर दुई हजार ४३९ जना, आरडिटी परीक्षण आठ हजार ६७४ जना, जेठमा पिसीआर परीक्षण १२ हजार ९२१ जना र आरडिटी परीक्षण छ हजार ९२७ जना तथा असार महिनाको १५ सम्ममा पिसीआर परीक्षण आठ हजार २१७ जना र आरडिटी परीक्षण दुई हजार १६१ जनाको भएको महाशाखा प्रमुख सागर प्रसाँईले जानकारी दिनुभयो ।

उहाँले सो अवधिमा ५६७ जना कोराना सङ्क्रमितको उपचार पछि ३९२ जना निको भएर घर फर्किसकेको बताउनुभयो । अहिले विभिन्न आइशोलेश एवं उचार केन्द्रमा १७५ जना उपचार रहेको र आजै झापा चार जना, संखुवासभामा तीन जना, सुनसरीमा दुई जना र खोटाङमा एक जना कोरोना सङ्क्रमित फेला परेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमित भर्ना हुने मध्येबाट उपचार पछि घर फर्किनेको अनुपात सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले सरकार सकारात्मक दिशाबाट अगाडि बढिरहेको छ भन्दै सबै स्वास्थ्य संस्थाबाट जारी भएको निर्देशन पालना गर्नु पर्ने धारणा राख्नुभयो।

मन्त्री घिमिरेले भारतमा कोरोनाको सङक्रमित नियन्त्रण नहुन्जेल नेपालमा यसको रोकथाम गर्न समस्या रहेको भन्दै नेपालमा भारत र अन्य देशबाट आउने नागरिकमा मात्र कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिनुभयो।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले कोरोना सम्बन्धी अब मन्त्रालयले सँधै बेलुका ४ बजे दिनभरीको प्रगति सार्वजनिक गर्ने निर्देशन भएको र सोही अनुसार काम हुने भएकोले सबै पत्रकारहरुलाई सूचना लिइदिन आग्रह गर्नुभयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया