२६४४ औं वुद्ध जयन्तीको उपलक्षमा मेलबर्नमा रक्तदान

इनेप्लिज २०७७ असार १६ गते १०:०५ मा प्रकाशित

वुद्ध जयन्तीमा अभियानले केही बर्षदेखि रक्तदान कार्यक्रम राख्दै आएकोमा यसपाली कोरोनाको कारण उक्त कार्यक्रम गर्न नसकिएकोमा लकडाउन केही खुकुलो गरिएकोले मेलबर्नको बिभिन्न ठाउँबाट २६४४ औं वुद्ध जयन्तीको उपलक्षमा रक्तदान गरिएको छ ।

कोरोनाको कारण दूरी कायम गरिनुपर्ने भएकोले रक्तदानको लागि समय पाउन करीब एक महिना पर्खनु पर्ने र केहीले केही प्राबिधिक कारणले गर्दा रक्तदान गर्न नपाएकाले यो कार्यक्रमलाई बर्षैभरि निरन्तरता दिइनेछ ।

वुद्धको जन्मस्थल बिषयमा विस्वब्यापी दिग्भ्रम सिर्जना भएका कारण अभियानले केही बर्षदेखि वुद्धको जन्म नेपाल भएकाले वुद्ध जन्मलाई आधार मानेर सोही अनुरुपको संख्यालाई वुद्ध जयन्ती मान्न अनुरोध गर्दै आएको छ, जबकि पहिला वुद्धको महापरिनिर्माणलाई आधार मानेर मान्ने गर्थे । जयन्ती भन्ने बित्तिक्कै जन्मकै आधारमा मनाउने विस्वब्यापी प्रचलन भएकोले पनि यो अवधारणा सही हो । त्यसैले यो बर्ष २६४४ औं वुद्ध जयन्ती मनाइएको हो ।

प्रतिक्रिया