बिहीबार, असार २५ २०७७
काठमाडौं १७:०८
वासिङटन डिसी 07:23

वेष्ट भर्जिनियाको एक व्यायामशालामा कोभिड-१९ संक्रमितको सम्भावना रहेका दुई सय जनालाई स्वयम निगरानीमा बस्न सल्लाह

इनेप्लिज २०७७ असार १५ गते २२:५५ मा प्रकाशित

अमेरिकाको वेष्ट भर्जिनिया राज्यको एक व्यायामशालामा कोभिड-१९ संक्रमितको सम्भावना रहेका दुई सय जनालाई संगरोधन(निगरानी)मा बस्न सल्लाह दिइएको छ ।

प्लानेट फिटनेस नामक व्यायामशालामा २ सय भन्दा ज्यादालाई ग्राहकमा कोभिड-१९ संक्रमित देखिएकोले उक्त सल्लाह स्वास्थ्य कार्यालयले दिएका छन् ।

गत जुन २४ का दिन बिहान ९ बजे देखि ३ बजे सम्म जो कोही पनि उक्त व्यायामशालामा आएका छन् भने १४ दिन घरमै बस्न आग्रह गरिएको छ । बुधबार जुलाई ८ सम्म निगरानीमा बस्न भनिएको छ ।

मोनोनगालिया काउन्टी स्वास्थ्य बिभागले करिव २ सय ५ जना उक्त समयमा गएको जानकारी दिएको छ । वेष्ट भर्जिनियामा बिगत १२ दिन देखि ४ सय संक्रमित भएका छन् । सोमबार सम्म २८४९ संक्रमित भएका छन् भने ९३ जनाको मृत्यु भएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया