बिहीबार, असार २५ २०७७
काठमाडौं १६:३५
वासिङटन डिसी 06:50

साधारण सभाकाे विद्युतीय माध्यमबाट अमेरिकाभरिका साहित्यकारहरुकाे कविता, गजल, गीत तथा मुक्तक वाचन कार्यक्रम आयाेजना

इनेप्लिज २०७७ असार १५ गते २२:२७ मा प्रकाशित

आदरणीय साहित्यानुरागी महानुभावहरु
नमस्कार,

एनआरएनए एनसीसी अमेरिकाकाे नवाैं साधारणसभा अन्तर्गत एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले नेपाली साहित्यिक चाैतारी कार्यक्रम गर्न जुलाई ४ तारिक अमेरिकाकाे पूर्वीय समय अनुसार अपराह्न ३:३० बजेदेखि ६:३० बजेसम्म रचना वाचनका लागि समय निर्धारण गरेकाे छ । साधारण सभाकाे विद्युतीय माध्यमबाट अमेरिकाभरिका साहित्यकारहरुकाे कविता, गजल, गीत तथा मुक्तक वाचन कार्यक्रम आयाेजना गरिएकाले आ-आफ्ना वाचन गरिने रचना जुलाई १, २०२० पूर्वीय समय अनुसार रातकाे १२ बजेसम्म निम्न व्यक्तिहरूलाई उपलब्ध गराइदिनुहुन अनुराेध छ ।

१) पीपलमणि सिग्देल
[email protected]

२) कृष्ण गिरी
[email protected]

३) राजेन्द्रप्रसाद अर्याल
[email protected]

४) गीता बजगाईं
[email protected]

सर्वज्ञ वाग्ले
संयाेजक
[email protected]

प्रतिक्रिया