सोमबार, असार २९ २०७७
काठमाडौं १८:३४
वासिङटन डिसी 08:49

दीपक समिपकाे ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक

इनेप्लिज २०७७ असार १५ गते २१:२६ मा प्रकाशित

पाेखरा । नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपकाे गजल ‘म कैदि प्रेमकाे’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

गजल सन्ध्या पाेखराका पुर्वअध्यक्ष समेत रहेका समिपकाे रेकर्ड भएकाे याे दोस्रो गजल हाे । उनकाे २०६२ सालमा “भूगोलभित्र नकोरिएको देश ” गजल संग्रह प्रकाशित भएकाे छ ।

केशवराज आचार्यकाे स्वर तथा संगीतमा रहेकाे गजलकाे म्यूजिक भिडियाेमा नायिका केकी अधिकारी र नरेन खड्काकाे फिर्चड छ । सपाेटिप्स राेलमाजीवन खड्कालाई देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्यकाे लगानि रहेकाे गजलकाे निर्देशन भने माेहनराज अधिकारीले गरेका छन् । जुगल डंगाेलकाे म्यूजिक एरेज र अमृत सुनुवारले खिचेका भिडियाेमा माधव बेलबासेले कैचिँ चलाएका छन् ।

हेराैँ गजलकाे म्यूजिक भिडियाे ।

प्रतिक्रिया