बिहीबार, असार २५ २०७७
काठमाडौं १६:१६
वासिङटन डिसी 06:31

आर्कन्ससमा प्रहरीलाई छुरा हाने संदिग्ध माथि गोली प्रहार

इनेप्लिज २०७७ असार १५ गते ११:२४ मा प्रकाशित

अमेरिकाको आर्कन्सस राज्यमा प्रहरीलाई छुरा हाने संदिग्धलाई प्रहरीद्वारा गोली प्रहार गरिएको छ । आर्कन्सस राज्य प्रहरीले गत आइतबार उक्त संदिग्ध व्यक्तिले भाडामा चल्ने ट्याक्सी(सवारी साधन)चोर्दा प्रहरीसंग झडप हुँदा प्रहरीलाई छुरा प्रहार गरेका थिए ।

प्रहरीलाई छुरा प्रहार गरे पछि अर्को ट्रुपर(घोडामा सवारी)अधिकारीले गोली हानेका थिए । ५८ बर्षिय एलोइसिएस केटन नामक उक्त व्यक्ति लिटल रकका हुन् । प्रहरीका अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो भने अस्पतालमै उनको निधन भएको प्रहरीले जनाएका छन् ।

आर्कन्ससका प्रहरी जसलाई छुरा प्रहार गरिएको थियो उनको नाम सार्वजनिक गरिएको छैन । उक्त संदिग्ध व्यक्तिले भाडाको ट्याक्सी(क्याप)करिव ७ बजे साँझ शनिबार चोरेर भागेका थिए ।

श्रोत :एबिसी

प्रतिक्रिया