गायिका श्रीषा कुवँरको आवाजमा कभर गीत ‘के यो माया हो ’ ( भिडियो सहित )

इनेप्लिज २०७७ असार १५ गते ११:२० मा प्रकाशित

काठमाडौँ , असार १४ । गायिका श्रीषा कुवँर को आवाजमा रहेको कभर गीत ‘के यो माया हो ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्ने कुरा गितले बोलेको छ । आफनो मायालुको यादमा जिवन समपर्ण गर्नको लागी आफु तडपिएको कुरा गीतमा गरिएको छ । सो गीतमा हकुलेश बस्नेतको आवाज रहेको छ ।

तुला पर्वतको छायाँकन ,सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा चोखो माया गर्ने जोडीका लागि बनेको गीतमा प्रेम र रोमान्सलाई आकर्षक रुपमा समेटिएको छ । गीतको मर्म अनुसारको अभिनय तथा शारिरिक प्रस्तुती गायिका श्रीषाले गरेकी छन । गीतको भिडियोलाई वाइड स्कृन मिडियाले बजार ब्यावस्थापन गरेको छ ।

कभर गीत ‘के योे माया हो ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया