बन्दा बन्दीले गोठालोमा परिणत बालबालिकाहरु

शब्द तस्वीर : वीरेन्द्र बहादुर रावल धनगढी, कैलाली २०७७ असार १५ गते ११:०० मा प्रकाशित

कोरोना महामारीका कारण नेपाल सरकारले चैत्र १० गते देखि लक डाउन गरेका कारण नेपालका लाखौंलाख बालबालिकाहरु बिद्यालय जानबाट बञ्चित भएका छन् । कतिपय सरकारी र नीजि बिद्यालयका बालबालिकाहरुले परीक्षानै नदिएर विद्यालयले अघिल्ला प्रि ईक्जामका आधारमा बिद्यार्थीहरुलाई पास गरेका छन् । परीक्षाको नतिजा आई सक्दा सम्म विद्यालय खुल्ने कुनै छाटकाट छैन । प्रविधी भएका शहरका कतिपय बिद्यालयहले बालिकाहरु टेलिभिजन र अनलाईनबाट कक्षा सञ्चालन गरिरहेको भएतापनि ग्रामिण क्षेत्रका बालबालिकाहरु भने प्रविधीको अभावमा नत पढ्न पाएका छैनन भने उनिहरुका बिद्यालय जानुको सटट बाख्रा,गाई गोरु चराउनलागि जंगल जान बाध्य छन।

तस्वीरमा कैलालीको घोडाघोडी नगरपालिकाको सिथरी गाउका बालबालिकाहरु साथी सहेलीका साथ बाख्रा चराउन गैरहेका देखिन्छन् । उनिहरुको लागि बाख्रा चराउनु नियतिनै बनिसकेको छ।भने पढाई नराम्री बिग्रै जान थालेको उनिहरुको भनाई रहेको छ।

शब्द तस्वीर : वीरेन्द्र बहादुर रावल
धनगढी, कैलाली

प्रतिक्रिया