बिहीबार, असार २५ २०७७
काठमाडौं १६:५०
वासिङटन डिसी 07:05

भर्जिनिया मनाससका फर्मासिष्ट निर्धारित औषधि षडयन्त्र काण्डमा दोषी ठहर,२० बर्ष कैद हुन् सक्ने

इनेप्लिज २०७७ असार १३ गते १९:०८ मा प्रकाशित

भर्जिनिया मनाससका भेषजकार(फर्मासिष्ट)ले प्रेसक्रिप्सन ड्रग (निर्धारित औषधि)षडयन्त्र काण्डमा दोषी ठहर भएका छन् ।

अनुज्ञापत्र प्राप्त तथा केयर फर यु नामक ओखती पसलका संचालक समेत रहेका भेषजकारलाई गत शुक्रबार जुन २६ का दिन अवैध रूपमा प्रेसक्रिप्सन ड्रग्स (निर्धारित औषधि)वितरण गरेकोमा दोषी ठहर गरिएको हो ।

उनले बिगत दुई बर्ष देखि उक्त कुचक्र गर्दा उनि फन्दामा परेका हुन् भने उनले जुलाई २०१८ सम्म उक्त काण्ड गरेका थिए । मनाससका ४७ बर्षिय जर्ज अपियाहले भर्जिनियाको पूर्वी जिल्लाको लागि अमेरिकी अधिवक्ताको कार्यालयबाट जारी विज्ञप्ति अनुसार कम्तिमा १२८ वटा झूटा निर्धारित औषधि (प्रेसक्रिप्सन )भरेका थिए ।

अधिकांश प्रेसक्रिप्सनहरुमा अक्सीकोडोनका लागि थिए । उनि सँग संलग्न भएका सह-षड्यन्त्रकारीहरूको एक जोडीलाई पनि फार्मेसीमा ल्याइएको थियो।

अपियाहले आफ्ना साझेदारहरूसँग फोटोशप बिधि प्रयोग गरेर निर्धारित औषधिका कागजातहरू किर्ते गर्ने योजनामा ​​काम गरेका थिए । उनले चिकित्सकहरुले लेखेका निर्धारित ओखतिहरूलाई साच्चै जस्तै वैध बनाउने प्रयास गरेका थिए ।

अन्य ओखतीको आदेशमा एडेरल र जान्याक्सकोको लागि लेखिएको थियो। उनले कम्तिमा पाँच चिकित्सकको परिचयपत्र जालसाजी गरि प्रयोग गरेका थिए । तर एफबीआईले तिनीहरू षडयन्त्रको शिकार भएको जनाएका छन् ।

अपियाहले नियन्त्रित वस्तुहरू वितरण गर्ने षडयंत्र गरेकोमा दोषी ठहरिएकोले उनलाई २० वर्षसम्म कारागारको सजाय हुन् सक्ने छ । उनको सजाय अक्टूबर २३ ,२०२० को लागि समय निर्धारण गरिएको छ ।

श्रोत :डब्लुओटिओपी

प्रतिक्रिया