बिहीबार, असार २५ २०७७
काठमाडौं १५:२७
वासिङटन डिसी 05:42

खेलकूद समाग्री हस्तान्तरण

मनोज दाहाल २०७७ असार १३ गते १५:३२ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१३असार।

विराटनगर महानगरपालिका –११ मा रहेको विराट बुद्ध स्र्पोटिङ्ग क्लबलाई आज खेलकूद सामग्री प्रदान गरिएको छ।

प्रदेश नं. १ प्रदेशसभा सदस्य यशोदा अधिकारीले क्लबलाई रु दुई लाख ३० हजार मूल्य बरावरको फुटबल खेलका खेलकूद सामग्री हस्तान्तरण गर्नु भएको क्लबका सचिव खेम थापाले बताउनु भयो।

प्रदेश सभासदस्य अधिकारीले खेलकूदको माध्यमबाट स्वस्थ्य समाज निर्माण गर्न सहयोग गरेको बताउनु भयो।

उहाँले महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न कोभिड–१९ महामारी सामान्य भएपछि महिला फुटबल प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

सांसद विकास कोषको रु १ लाख ९७ हजार र क्लबको आन्तरिक श्रोतको रु ३३ हजारबाट फुटबल खेलका सामग्री खरीद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले जानकारी दिनु भयो।

खेलाडीका लागि ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो।

गत वर्ष स्थापित क्लबले विभिन्न खेलकुदका गतिविधि गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ।क्लबले गत फागुन २८ देखि चैत ६ गतेसम्म जिल्ला अन्तर कलेज फुटलबल प्रतियोगिता सम्पन्न गरेको थियो।

प्रतिक्रिया