सोमबार, असार २९ २०७७
काठमाडौं १६:५३
वासिङटन डिसी 07:08

मेरिल्याण्डको एक निजी चिकित्सालयलाई कोरोनाभाइरसको मापदण्डपुरा नगरेको कारण ७० हजार डलर जरिवाना

इनेप्लिज २०७७ असार १३ गते ११:५९ मा प्रकाशित

मेरिल्याण्ड राज्यको एक निजी चिकित्सालयलाई कोरोनाभाइरसको मापदण्ड पुरा नगरेको कारण ७० हजार डलर जरिवाना गरेको छ । मेरिल्याण्डको माउन्ट एरिमा संचालित एक नर्सिङ्ग होम(निजि अस्पताल)लाई उक्त दण्ड दिइएको हो ।

उक्त निजि अस्पतालले कोरोनाभाइरसको रोकथाम गर्न गत मे महिनामा दुई हप्ताको अवधि सम्म नयाँ भर्ना भएका बासिन्दाहरूलाई राम्रो सँग पृथक नगरेकोमा ७० हजार डलर जरिवाना गरेको हो ।

राज्य स्वास्थ्य नियन्त्रकहरूले माउन्ट एरिको प्लीजेंट भ्यु नर्सिङ्ग होमलाई जरिवाना गरेका हुन् । उक्त निजि अस्पतालमा १ सय २६ जना कोभिड-१९ बाट संक्रमित भएका थिए । जस मध्ये २९ जनाको मृत्यु भएको खुलासा बाल्टिमोरको बाल्टिमोर सनले गत शुक्रबार समाचार प्रकाशित गरेको थियो ।

गत अप्रिलमा क्यारोल काउन्टीको नर्सिङ्ग होमहरूमा राज्यको पहिलो ठूलो प्रकोप स्थल थियो।

उक्त निजि अस्पतालको प्रतिवेदनले निजी चिकित्सालयमा पर्याप्त कर्मचारी नभएको र स्वास्थ्य अधिकारीहरुलाई सूचित गर्न असफल भएको बताएको छ।

श्रोत :डब्लुटिओपी/एपी

प्रतिक्रिया