” दुबईमा अहिले धेरै नेपाली चेलीहरु आपतमा परेको अवस्था” !

इनेप्लिज २०७७ असार १२ गते २२:२२ मा प्रकाशित

रोजगारको शिलशिलामा दुबई पुगेका धेरै नेपाली चेलीहरु अहिले दुबईमा बिचल्ली अवस्थामा परेका छन् ।अहिले भर्खरै दुबई बाट मैले चिनेका एकजना नेपाली सङ्ग कुरा भएको थियो, उहाँले त्यहाँ भएका धेरै नेपाली महिलाहरुको पिडादायी कुरा सुनाउँदा मेरो आँखाबाट आँसु नै आयो। धेरै दिनदेखि कोरोनाले गर्दा बेरोजगार भएर महिलाहरु सडकको पेटीमा सुत्ने, ट्रकको मुनि ओत लाग्ने, पुलको मुनि गएर सुत्नेदेखि खान नपाएर धेरै अफ्ठयारो अवस्थामा परेका छन् रे ।

नेपाली चेलीहरुको यस्तो बिकराल अवस्था हुँदा के हेरेर बसेको छ नेपाल सरकार ? के हेरेर बसेको छ नेपाली राजदुतावास ? के हेरेर बसेको छ NRN? के को लागि NRN बनेको ?

अन्तिममा बिश्वभरी आज अपठयारोमा परेका नेपालीहरुको लागि नेपाल सरकार किन चुप लागेर बसेको छ? सबै बिश्वभरिका नेपालीहरुले अब अफ्ठ्यारो परेका नेपालीहरुको लागि बोल्ने बेला आएको छ।

जय देश नेपाल

कमला प्रसाईं, हाल न्यूयोर्क

 

प्रतिक्रिया