बिहीबार, साउन २२ २०७७
काठमाडौं १२:२४
वासिङटन डिसी 02:39

कला न्यौपाने द्वारा अभिनित म्युजिक भिडियो ‘गाजलु ति ठूला ठूला आँखा ‘ सार्वजनिक

इनेप्लिज २०७७ असार १२ गते २२:१५ मा प्रकाशित

मोडेल कला न्यौपानेले अभिनय गरेको ‘गाजलु ति ठूला ठूला आँखा ‘म्युजिक  भिडियो   आज सार्वजनिक भएको छ  । प्रबिन ताम्राकारले गाउनु भएको यो गीत ओरिजिनल भने चर्चित गज़ल गायक गुलाम अलिले गाउनु भएको हो ।संगीत दिपक जंगमले गर्नुभएको हो भने शब्द म.बि .बि शाह को रहेको छ । शुक्रबार  सार्वजनिक भएको  उक्त गीतमा कला न्यौपानेको राम्रो प्रस्तुति रहेको छ ।उनि भन्छिन यसलाई दर्शकहरुले मन पराइदिनु हुनेछ जस्ले गर्दा हामी जस्ता नव कलाकारहरुमा हौसला मिलोस ।इनेप्लिज परिवार पनि उन्को उत्तरोतर प्रगतिको कामना गर्दछ ।

अमेरिकाको भर्जिनिया राज्यको हर्नडनमा स्थायी बसोबास गर्दै आएकी कलाले संस्कृत भजन गीत गाएर आफुलाई स्थापित गरिसकेकी छिन।। गीतको क्यामरा /निर्देशन र सम्पादन चर्चित फोटोग्राफर राजीव श्रेष्ठले गर्नु भएको छ । नेपालमा हुदा नया नया मोडेलहरुलाई ग्लामर छेत्रमा परिचय गर्दै आउनु भएका श्रेष्ठ अमेरिकामा पनि उक्त पेशालाई निरन्तरता दिदै आउनु भएको छ ।राजीव श्रेष्ठ चित्रकारिताको माध्यमबाट पनि संस्कृतिको प्रबर्द्धन गर्दै आई रहेका छन् ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया